धेरै नै वर्ष भयो नि बाबु घर छोडी गएको
अैले त आउछौ भनि म सधै दिन गनि रहेको
जैले नि भन्छौ आइसाल आमा फर्केर आउला नि
कैले हो आईसाल खै कुन्नि बाबु क्यै मेसो पाईन नि।
पर्खि नै रहेछन तिम्लाई भनि बर पिपल चौतारी
आउदा तिम्रो झन अत्यास लाग्छ साथभाई दौतारी
सोध्दछन सधै आछैन माईलो भनेर साथभाई
के जवाफ दिनु अवाक्य हुन्छु ति तिम्रा साथिलाई ।
चाडपर्व नजिक आउदा झनै यो मुटु जल्दछ
पिढीमा बसि हेर्दा नि सधै यो ज्यान गल्दछ
सुटकेस बोकि गोरेटो बाटो जो मान्छे आए नि
तिमी नै हौ कि लाग्दछ सधै जो कोही भएनि ।
हुदामा उमेर जेनतेन घरवार चलेकै थियो नि
घर्कियो उमेर केही खुबी छैन के दुख दियो नि
तिनभाई छोरा तिन फरक देशमा के होला मेरो हाल
कैले त लाग्छ आउदैन किन लिन यो पापी काल ।
याद तिम्लाई बाको आथेन होला स्वर्गवास हुदामा
आमालाई रुन दिन्न म भन्थियौ कहिले म रुदामा
छोरालाई हेरी बाबाको झल्को बझाउनु यो मन
भन्नेले भुल्यौ के चाहयो मलाई अब त्यो पापी धन
फर्केर आछन एक वर्ष भयो ति तिम्रा साथिभाई
किन हो बिदेश बस्न मन लाको अझै नि तिमीलाई
बाझो छ खेत रित्तै छ घर के गर्नु भएर
आखिर के नै कमायौ तिम्ले परदेशमा गएर।
खान र लाउन यहि बसे पनि पुगेकै थियो नि
यो बुढेसकालमा एक्लो नै बनाई के दुख दियो नि
फर्केर आउ दश नग्रां खियाउ यहि आफ्नो माटोमा
बल्ल पो हिड्लान सन्तति तिम्ले देखाको बाटोमा ।
देखाईदेउ तिम्ले नमुना बनि माया यो स्वदेशमा
आखिर यहॅा फर्किने भएसी के बस्छौ बदेशमा
गुलामी बनि आर्काको देशमा कजिनु भन्दा त
भोकै नै कन नबस्नु परोस स्वभिमान बन्दा त ।
के गर्नु बाबु आलिसान यो घर के गर्नु पापी धन
कुटीमा बास बेश हुन्थियो मलाई भएमा सबै जन
के अर्थ रह्यो चौरासी ब्यन्जन भोक नै नलाए
के अर्थ रह्यो मलमली ओछ्यान निद्रा नै नआए।
त्येसैले बाबु फर्केर आउ यहि खुशी बनौला
आमा र अनि जन्मेको ठाऊ यहि ठुलो भनौला
के छैन याहॅा के पायो त्यहॅा मिहेनत गरेसी
सुन फल्छ जहॅा खुशी भै हाम्ले अन्नपात छरेसी ।
बिष्णु अधिकारी
एलम ग्रोभ, विस्कन्सिन
अमेरका