टंक सुवेदी
कता वाट कुरागर्ने कैले जाने अमेरिका
वल्ल निश्चित भो आज धेरैचोटी भयो फिका
सत्तरीसालको साउन् सातमा यो सुनिश्चित
आयो साइतको वेला भैयो भेट सवै सित
(१)
आसिर्वाद मिठो पायौं आफन्त र छिमेकिको
लगायौं स्नेहको माला लियौं साइतको टिको
विदावादी भयौं हामी छोरा छोरी रूवाउॅंदै
हिजो संम थिइन् आमा दाल , भात खुवाउंदै
(२)
अभिवादनका माला साटा साट भए कति
छिमेकी हरू भन्दैछन् रक्षा गर उमापती
मित्रका संगमा घुम्दै विमानस्थल आइयो
भित्र वाहिरका धेरै व्यवहार मिलाइयो
(३)
पासपत्र लियौं लिंदै आंयौं विदावादीभएपछी
प्रतिक्षा गर्नुपर्ने भो तलामाथी गए पछी
सवै यात्रु संगै वस्दै खांदै , प्यूदै , रमाउॅंदै
दोहातर्फ उड्यौं नौलो वायु मार्ग समाउॅंदै
(४)
हेर्दा वाहिर देखिन्न चूकझैं अन्धकार छ
जहाज भित्र मान्छेको सुनौलो व्यवहार छ
देखियो दिपका तांती दोहामा आइयो अरे
रूक्यो जहाज त्यैवेला आगन्तुक हरू झरे
(५)
हेर्दा कतारको दोहा सुतेको लमतन्न छ
हाम्रो नेपालको भन्दा दुगुना धन्न , धन्न छ
कतावाट कता जाने हेर्दा झन् अलमल्ल छ
वाहिर घाम लागेर उज्यालो झलमल्ल छ
(६)
हरियाली कतै छैन मान्छेको भिड टन्न छ
वातावरण तातेको पारोझैं धन्न , धन्न छ
छ घण्टा रोकिदा घुम्दा हेर्दाखेरी यता उता
ड्यूटीमा व्यस्थ देखिन्थे नेपाली लाहुरे ठिटा
(७)
दोहाकै सिरमा टेकें मझेरी देख्न पाइन
तेरो भण्डारमा के छ घुमेर लेख्न पाइन
लाखौं नेपाली भित्रै छन् कुंदेका छन् कतार यो
फर्कंदा लेख्नुपर्ला क्यै अहिले लाइ हतार भो
८ अप्रिल २०२४ ।