टंक सुवेदी
अकस्मात वज्यो घण्टी मित्रले फोन गर्नु भो
उठाएं झस्किएं , पाएं पार्वती शोक पर्नु भो
विचरी आज भन्दैछिन् टोलाएर घरि घरि
मलाइ अव यो धर्ती मिठो छैन सधैंभरी
(१)
छंगेली कुलको वत्ती अकस्मात विदा हुंदा
मान्छेको दिल भत्किन्छ सिंगो लमजुंगले रूंदा
छोरा छोरी सधैंभन्छन् आफन्त हरूका संग
पिताको शोकले हाम्रो हल्लियो मनको जग
(२)
विचरा दजु भन्दैछन् अनौठो वज्रपात भो
दिदी वैनी हरू भन्छन् कुलमा प्रतिघत भो
नाती नातिनी हेर्दैछन् वुवाको खोपिमा सदा
छिमेकी हरू भन्दैछन् यस्तै हुन्छ यदा कदा
(३)
न्यौपाने मित्र भन्दैछन् भिनाजु वित्नुभो वरा
चिन्ताले मौन देखिन्छन् किरिन्चे फाटका गरा
दुराडांडा झुक्यो आंफैं सर्वोदय अंधेरियो
मालिका खिन्न देखिन्छिन् नहुंदा गाउॅंको मियो
(४)
हितैषिहरू भन्दैछन् भांचियो मनको वलो
लाग्छ त्यैमित्र वोल्दैछ सुन्दाखेरी हलो हलो
जन साहित्यले भन्छ छांगा यै धार भित्र छन्
मान्छेका मनभित्रै छन् जून जस्तै पवित्र छन्
(५)
वेसीसहर उस्तै छ छांगा लाइ गुमाउॅंदा
निभ्दा संघारको वत्ती तेल थप्न नपांउॅंदा
उदायो चम्किलो तारा अस्तायो पूर्वको रवि
छांगावाट खस्यो आज सिंगो लमजुंगको कवि
(६)
छांगाकै राग वोकेर पांउदी खोला सुसाउॅंछ
फांटका कांठमा रोजै कुइरो फुस्फुसाउॅंछ
वनका छहरा , छांगा छांगाकै गीत गाउॅंछन्
झ्याउॅं झ्याउॅंकिरी वोल्छ जून , तारा सुसाउॅंछन्
(७)
वृहत साहित्य संमेलन हंसपुर गाउॅंमा हुंदा
पुरस्कार जित्यो उनको लौरो उत्कृष्ट भैदिदा
वनाए कविता धेरै सजाए पत्रिका हुंदो
मान्छेका मनको मैलो साहित्य रत्नले धुंदो
(८)
गुरू लमजुंगका छांगा , गुरू नेपाल भित्रका
सिक्षाको महिमा चिन्ने पारखी हुन् विचित्रका
कैल्यै हिम्मत हारेनन् शोक , भोक परेपनी
दुख संकट आएर जता वाट झरे पनी
(९)
उनका लेख उस्तै छन् वेलाको वोली भित्रछन्
कविता कृतिका उस्तै फूल जस्तै पवित्र छन्
अलंकार मिठा हुन्छन् रसमा हुन्छ माधुरी
शव्द भण्डार राम्रो छ आविस्कार मुरी मुरी
(१०)
आंफ्नै अौकातमा खोले विद्यालय विचित्रको
निकाले योजना वुन्ने योजना मन भित्रको
वनाए चिचिला धेरै पिलाए ज्ञानको रस
रसमा अल्झिदा आंफै परियो कालका वस
(११)
जिन्दगी ज्यूनु क्यै छैन छोडनै पर्दछ यो धरा
एकलो जिन्दगी ज्यूदैछिन् पार्वतीजी कठै वरा
विपत्ती शक्तिमा लागोस् जगाओस् स्नेहको लता
कुवाटो हिडन खोज्दैछन् मान्छे आज कताकता
२५ मार्च २०२४ ।
कताकता