Mon. Dec 23rd, 2024

मैले लाउनी सिरपुलामा वुट्टा कस्ले भरेको

परदेसीको पिडाको गिद जोरेको

सानु तिनु जागिर पाए नेपालमै खाइन्थ्यो

अरिकाको मुलुकमा किन आइन्थ्यो !

विहानको पाचवजे जानुपर्छ मेलामा

पाऊरोटी र चिया हुन्छ खानी वेलामा

कि त भने वासी खाना लानुपर्छ वोकेर

राती पनि सुत्नुपर्छ पिजा टोकेर !

स्वदेशमा रमाएर घुम्दै हिड्ने छोरीलाइ

परदेशमा रमाइलो छैन वरिलै

दाजु मेरा कतारमा सानु भाइ साउदिमा

वल्ल माइत गएपनि भेटन पाउदिन !

वैनी गइन् अष्टेलिया यती मन रूदैन

जती फोन गरेपनि भेटै हुदैन

न त आउछ तीज मलाइ , न त आउछ तिहार

रूदा रूदै सुकिसक्यो मेरो हियारा ,

कैले हिउॅं परेकोछ कैले घाम चर्किन्छ

माइती घरको संझनाले मनै धर्किन्छ !

सधैं भरी माइतीघर प्यारो हुनी छोरीलाइ

परदेशमा रमाइलो छैन नरिलै

कति आपद पर्योहोला खाडी मुलुक जानीलाइ

संझे हुनन् नेपालको हावा पानी लाइ

आघुं सालको तीजमा त माइती घर जानिहो

आमाले पकाएको दर खानी हो !

२ ० ६ ९ को तीजमा प्रस्तुत !