टंक सुवेदी
आयो आज दशैं सफा शरदको अठहत्तर संवत्सर
रंगाए सुकुमारीले चहकिला सेता वने हुन् घर
हांसेहुन् सयपत्री हंसपुरमा सांचे हुनन् जिवनी
नाचे हुन् पुतली चुमेर फूलमा तेरो र मेरो भनी
(१)
सल्ला घारी सधैं सुसाइ शिरको शोभा नयां वन्दछ
मादी वोल्छ सुसाइ हंसपुरको माला म हूं भन्दछ
नौलो धुन वजाउॅंदै वस उता आयो भदौरे तिर
लौ आ भन्छ हिमाल संग कसिदै अग्लो भुमेको शिर
(२)
खैंजेरी , मुजुरा र मादल संगै कस्काउदै कंमर
नाचेहुन् मधुमालती घुमी घुमी त्यै वारपिर्के तिर
लिंगे पिंग निकै रमाउॅंछ यता नौलो पना ल्याउॅंछ
त्यैवेला रमणिय हंसपुरमा मेरो दशैं आउॅंछ
(३)
माझेहुन् सव गल्लीका सिंडी हरु वाटा वने तिरमा
हांसे हुन् मखमौली फूल , जमरा स्युरे हुनन् सिरमा
आयु द्रोण सुते उदाउॅंछ नयां नौलो पना ल्याउॅंछ
त्यै वेला रमणिय हंसपुरमा मेरो दशैं आउॅंछ
(४)
आए हुन् घरवार सं झी परका ल्याए हुनन् क्यै कुरा
फैलाए तन माझियो मन मिल्यो , मिल्दै गए आंकुरा
योमेरो मन जान्छ हंसपुरमा स्वप्ना उतै खेल्दछ
मान्छेका मन भित्र मातृ भुमिको वत्ती सधैं वल्दछ
अक्टोवर / ९ / २ ० २ १ /