टंक सुवेदी
म हुं वालक यो धरतिको थुंगो सरी फूलको
यै माटो संग खेल्दछु र पिउॅंछु पानी मिठो मुलको
मेरा पर्वत , कन्दरा नद , नदी पाखा , पखेरा वन
मेरै विश्व छचल्किएर नभको गर्दै छ रे चुम्वन
(१)
यो हाम्रो घर भित्रमा गहकिलो संपर्क यौटै गरौं
आमाको अनुहारमा चहकिलो मुस्कान छर्दै गरौं
माटो एकभइ फुल्यो यदी भने ढुंगो पनि गल्दछ
तारा जुनकिरी वनी तलझरे संशार यो वल्दछ
(२)
पुर्खा वीर थिए लडेर वलले किल्ला वने कांगडा
हामरो सांध कता गयो र अहिले हांमी कता छौं कता
फेरी यो गण राज्यमा वहकिने चेष्टा नगर्ने गरौं
यो नेपाल वनाउने प्रण गरौं हाम्रै पसिना छरौं
(३)
केवल सांशदको चुनाव गरने निष्कर्ष यौटै भयो
किन्तु द्वन्द मचाउने सुर उता चल्दैछ जस्तो छ यो
यो नेपाल नयां वनाउन छिटै मान्छे हरू हो उठ
एकै गोल वने हुनेछ वलियो नेपालको इज्जत
अप्रिल ४ , २ ० २ ३ ।