( पुरानो याद )
टंक सुवेदी
दिक्षान्त आज घुम्दै छ वालिका दंग छन् दुवै
ऐले त्यैं जानकै लागि तयारी छ यता खुबै
नोभाको जेष्ट नौ मा र यावीको पन्ध्रमा हुंदा
एकहत्तर साल हांसेर बांडेको छ प्रसन्नता
(१)
प्रसन्नता बढेको छ दिदी , बैनी दुवै खुसी
खुसीले कुटिया भित्र मार्दै मार्दै छ बुर्कुसी
तिनैले जे चुने त्यै त्यै उपहार किने पछी
समारोह गयौं हांमी मुल मुद्दा छिने पछी
(२)
नोभाको पार्क भित्रै छ , यावीको हल भित्र छ
समारोह चलेको छ म देख्छु यो पवित्र छ
बाबु आमा सबै दंग , दंगैमा छन् बूढा बुढी
बाल बच्चा रमाएर खेलेका छन् कुदी कुदी
(३)
क्यामेरा त्यैं घुमेका छन् , चुमेका छन् सजाउॅंदै
उता गोरिनी बोल्दैछे माइक्रो फोन बजाउॅंदै
बाल पोशाक उस्तै छ कालो टोपी उसै गरी
शिरमा सन्सनाएर लट्केको छ वरिपरि
(४)
एकै लस्कर लाएर गाए गित पला पला
प्रमाण पत्र बांडेर मिलाए त्यैं गला गला
समारोह दुबै उस्तै जता हेर्यो उतै मिठो
पढी ज्ञानी वनुन् छोरी मेरो यही छ घिट्घिटो
२०७१ । ०२ । ०५ ।
प्रस्तुत कविता कक्षा १ मा पढ्ने नोभा र यू के जी
मा पढ्ने यावी छोरी हरूको दिक्षान्त समारोह
प्रसंगमा लेखिएको हो !