टंक सुवेदी
आयो नौलो लहर जगमा चेतना ज्योती वाली
घुंटो फाली प्रगती पथको दाग कालो पखाली
गोली थाके जन , धन खसे धिरता खस्कियन
किन्तु लाखौं श्रमिक जीउने योजना जन्मिएन
(१)
पंचै भन्थे सुख मय प्रजातन्त्र यो नासिदैन
रांणा भन्थे सुख सयलको जिन्दगी मासिदैन
राजा भन्थे शिखर तलको फूल वारी छ मेरो
ऐले हाम्रै पन छ गहिरो हेर सेरो र फेरो
(२)
माछा पुच्छ्रे सिखर खुसिले मुस्कुराइ रहेछ
द्यौरालीमा मधुमय मिठो धुन आइ रहेछ
चौतारीमा युगल विचको प्रेम धारा पलायो
आयो नौलो युग प्रगतिको आंकुरो कल्कलायो
(३)
वग्छिन् गंगा शिखर तलका कन्दरा सव पखाली
डांफे नौला स्वर लहरीमा गाउॅंदै रम्न थाली
डांडा पाखा हरित वनका जुनकिरी टिम्टिमाए
धर्ती हांस्यो गगन भरका जुन ,तारा रमाए
(४)
नेपालीले सरल जिवनी ज्यूंन चाही रहेछ
एकै खाले सुख रस मिठो प्यूंन चाही रहेछ
यै माटोमा मल जल गरी हेर्न चाही रहेछ
मान्छे , मान्छे विच असजिलो फेर्न चाही रहेछ
(४)
मान्छे वेच्ने युग वदलियो आज वेची रहेछन्
मान्छे हेप्ने युग वदलियो आज हेपी रहेछन्
मान्छे , मान्छे विच असजिलो भिन्नता पांईदैछ
आयो नौलो युग भनि मिठो रागिनी गांईदैछ
(५)
छोरा , छोरी सहिद हरूका वेदनाले रूंदैछन्
मान्छे हेप्ने दमन गरने राज नेता हुंदैछन्
अवसर वादी गलत पनले देश मैल्याउॅंदैछ
माओवादी जय विजयको धारमा आउॅंदैछ
(६)
आओ नौला किरण वटुलौं लाल झण्डा उचालौं
नेपालीका सुख दुख मिसौं भावना फेर्न थालौं
ईर्स्या फालौं दल विच मिठो एकता गर्न थालौं
नेपालीका घर घर सधैं शान्तीको ज्योती वालौं
जनवरी १० । २०२३ ।