टंक सुवेदी
नेपाली हिम शैलका सिखरमा मुस्कान छर्ने रवि
यो अन्याय फिका वनाई , वलियो पारेर आफ्नो छवि
यो संसार नयां वनाउन निकै छर्दै थियौ जांगर
छाडी चट्ट कता गयौ मदन हे फर्केर आउ घर
(१)
तिम्रो स्वच्छ मुहारमा चहकिलो माधुर्य मुस्काउॅंथ्यो
तिम्रो वोली महा निकै गहकिलो आभाष मौलाउॅंथ्यो
तिम्रो प्रेम मिठो थियो जननिको माया थियो निर्मल
छैनौ आज कता गयौ मदन हे फर्केर आउ घर
(२)
तिम्रो हांक सुनेर दुष्टहरूको उत्साह गल्दै थियो
तिम्रो सोच विचारमा मुलुकले चोला वदल्दै थियो
धर्ती स्वर्ग वनाउने गहकिलो सिध्दान्त तिम्रो छ र
छैनौ आज कता गयौ मदन हे फर्केर आउ घर
(३)
गाउॅं देखि लिएर केन्द्र तकमा छर्दै नयां योजना
नेपाली जन एकता गरी ठूलो संजाल फैलाउॅंन
तिम्रो देन ठूलो थियो र अहिले कस्ले वनायो पर
छैनौ आज कता गयौ जिव तिमी फर्केर आउ घर
(४)
यो हांम्रो घर भन्नु मात्र यसको चाला पुरानै छ रे
थोत्रो जाल फिजाउॅंदै असुरले हुंकार गर्छन् अरे
पर्दैछन् जन मारमा असजिलो चाला चलेको छ र
यो नेपाल नयां वनाउन छिटै फर्केर आउ घर
(५)
तिम्रा सन्तती लाल वाल अवला आमा र वावु हरू
रून्छन् आज अकेलिएर विचरा आफन्त मान्छे हरू
छाती हुन्छ चटक्क कुन्नी किनहो चल्दैन यो लेखनी
यो नेपाल वनाउने प्रण गरी फर्केर आउ तिमी
(६)
तिम्रो ऊच्च विचार मात्र गतिलो सांचो वन्यो देशको
तिम्रा तर्क अकाट्य वस्तुगतको खांचो वन्यो देशको
आंधि मात्र हट्यो हटेन किन हो आकासको वादल
यो नेपाल नयां वनाउन छिटै फर्केर आउ घर
(७)
जो जस्वाट भयो कुकर्म कसरी तिम्रो गयो जीवनी
मान्छे भन्छ अवस्यमेव गहिरो षडयन्त्र हो यो भनी
यस्तो सत्य लुकाउने नियतमा गर्छन् भने कोसिस
लिन्छौं आज सवै मिलेर वदला फर्केर आउ घर
१३ । ०९ । २०५४ ।
छिटै मुलुकले चोला वदल्दै थियो