नेपाल हाम्राे किन मैलिंदै छ याे
नेपाली काे हालत विग्रदै गयाे
नाैलाे नयाँ दिन नआउने किन
तँलाई मालुम् छ कि याेकुरा मन
(१)
नेता जती कट्टर देखिए पनि
जस्तै नयाँ कानुन लेखिए पनि
अझै पुरानै छ मनस्थिती किन
तँलाई मालुम् छ कि याेकुरा मन
(२)
ठूला वडा कुर्सी ढलेसी आत्तिने
पाएपछी भ्रस्ट वनेर मात्तिने
कस्ताे छ याे कुर्सी नसा अझै किन
तँलाई मालुम् छ कि याेकुरा मन
(३)
पंचायती शासन ध्वस्त पारिंदा
राजा र गद्दी रहमा पछारिंदा
गरीविकाे अन्त भयन याे किन
तँलाई मालुम् छ कि याेकुरा मन
(४)
राणा ढले देश चूसे हजारले
पंचायती लाख लडे अजारे
ऐले कता पुग्छ कराेड याे किन
तँलाई मालुम् छ कि याेकुरा मन
(५)
काेही प्रजातन्त्र खुल्याे भनि वसे
काेही हुँदैहुन्न भनि घूंडा धसे
तेराे र मेराे पन फैलियाे किन
तँलाई मालुम् छ कि याेकुरा मन
(६)
लडाकु तर्के जनयुद्ध घर्किंदा
नेता सवै संशद भित्र फर्किंदा
फर्केन हाम्रा घरकाे सुशासन
तँलाई मालुम् छ कि याेकुरा मन
(७)
उद्याेग धन्दा हरु ध्वस्त भैसके
लाखाैं युवा शक्ती विदेश गैसके
सर्कार लाचार हुदैगयाे कि हँ,
तँलाई मालुम् छ कि याेकुरा मन
(८)
नजा नजा सङ्घियमा कसै नजा
याे देश टुक्र्याउनमा छ के मजा
चम्चा हरुकै चलखेल भाे कि हँ,
तँलाई मालुम् छ कि याेकुरा मन
(९)
विख्यात विद्वान विदेश गैसके
नेपालका शक्ती पराई भैसके
फर्कन्न के क्वै घरमा कुनै दिन
तँलाई मालुम् छ कि याेकुरा मन
(१०)
याेदेशकाे हालत सुध्रला कि त
रम्ला नयाँतन्त्र कि यही रित्सीत
संघर्सकाे घाम उदाउला पुन
तँलाई मालम् छ कि याेकुरा मन
/१५/०१/२०७५/