सगरमाथा जतापर्छ विश्वकाे मान चित्रमा
गाैतम वुद्ध तेतै जन्मे मेराे नेपाल भित्रमा
किन्तु वालकमै उन्काे राजसी ममता टुट्याे
पछी वुद्धत्व पाएसी ज्ञानकाे फाेहरा छुट्याे
(१)
प्रक्रिती प्रेमी हुन् वुद्ध नेपालीका सपुत हुन्
विश्वमा शान्तिकाे दैलाे उघार्ने अग्रदुत हुन्
वुद्ध धर्म उज्यालाे छ आविश्कारक हुन् यिता
यसाेधराजी का स्वामी वावु राहुलका पिता
(२)
राज दर्वार त्यागेर कर्मयाेगी हुँदा पनि
हामी गर्व गरेकाछाैं नाउँ मात्रलिंदा पनि
हाम्रै तीर्थ वनेकाेछ लुम्विनी वुद्धकाे थलाे
वुद्धकै शान्तीमा हुन्छ सिंगाे संसारकाे भलाे
(३)
शान्ती सन्देश वाड्नेका भाषा शैली र भेषकाे
रसा स्वादन गर्दैछाैं वुद्धका उपदेशकाे
मान्छेका जन जिभ्राेमा उन्कै भाव रसाँउछ
तेसैले विश्वमा आज वुद्ध धर्म वसाँउछ
(४)
उन्का सिद्धान्तका पाना वनेका छन् अजम्वरी
सिंगाे संसार सेवामा घुमेकाेछ वरी परी
उघारे देशकाे दैलाे चलाए मनकाे धनु
उन्का सत्कर्म धेरै छन् म सम्झेर कति भनु
(५)
कुसी नगरमा एक्लै पद्मासन कसे पछी
ब्रम्हलिन भएकाहुन् समाधिमा वसे पछी
शान्ती सन्देश वाेल्दैछ वुद्धकै तत्व ज्ञानमा
लागाैं वुद्धत्वकाे ढाेका उघार्ने अभियानमा
(६)
जन्मदा , ज्ञानमिल्दा र व्रह्मलिन हुँदा छंदा
एकै संयाेग पर्दा याे वैशाख पूर्णिमा सदा
अवतारी , चमत्कारी , माहत्मा , राजसुतकाे
वुद्ध जयन्ती मान्दैछाैं शान्तीका अग्रदुतकाे
(७)
मठ, मन्दिर , गुम्वा छन् विश्वका देशमा कती
वाैद्ध ज्ञानी गुरु हुन्छन् ,चेला हुन्छन् अघि पछी
थाङ्का पाैभा र मुर्तिका,ग्रन्थका त्यैं वजार छन्
वुद्ध रत्न वनेका छन् अनुयायी हजार छन्
(८)
किन्तु संशार जल्दैछ धर्मले र विचारले
हत्या , हिंसा , अशान्तिले , युद्धले,हतियारले
वर्गयुद्ध चलेकाेछ , चलेकाेछ लुछा चुंडी
याे संशार सुखिहुन्थ्याे ऐले वुद्ध भए हुँदी
(९)
अहिंसा परमाेधर्म वुद्धका उपदेशमा
वुद्धम् शरण गच्छामि जाे छाैं देश विदेशमा
वुद्धमार्गि हुँदै जाँउ सजाँउ वुद्धकाे थलाे
वुद्धकै शान्तिमा हुन्छ सिंगाे संसारकाे भलाे
लुमविनी वाट गर्दैछन् गाैतमवुद्ध हलाे हलाे
१२/०९ /२०७५/