टंक सुवेदी
अकस्मात कता वाट मित्रले फोन गर्नुभो
उठंए झस्किएं पाएं भागिरथी सोक पर्नुभो
इन्दु र विन्दु नानीका स्थिरवावु वावुका पिता
अव यो लोकमा छैनन् परलोक भए तिता
(१)
न विरामी परे कैले नगरे औषधी मुलो
परिश्रमी थिए मान्छे स्वाभिमान थियो ठूलो
परिक्षण गर्न जानेनन् , मानेनन् या कसो भयो
अनयास भयो यस्तो उज्यालो जिनेदगी गयो
(२)
छोरा वालक छोडेर परलोक भए पिता
आमाको ममता पाए समाए वेदका ऋचा
कैल्यै हिम्मत हारेनन् शोक , भोक परे पनि
दुख संकट आएर जता वाट झरे पनि
(३)
आसाम होमिए पैले जिरो वाट उठे पछी
वगाए पसिना धेरै दजु भाइ जुटे पछी
ओसारे श्रमको थुप्रो फिंजारे खेत वारिमा
चुल्याए धानका रास तलामा र भकारिमा
(४)
जांड , रक्सी र वदमासी नताक्ने कहिल्यै पनि
गोकर्ण , कर्ण जस्ता हुन् नथाक्ने कहिल्यै पनि
पुजारी झांक्री पुज्दाका , अध्यक्ष सुनज्यूरीका
गोकर्ण प्रिय छोरा हुन् गाउॅंका र सुवेदीका
(५)
गोकर्ण गाउॅंमा हांसे सुनिन्थ्यो वेसीमा सदा
मेला ,पर्व हुंदा यद्वा भेला , छल्फलमा छंदा
आंसी , नाम्लो सुतेका छन् भैंसी भोकै छ गोठमा
छिमेकी मौन देखिन्छन् हांसो देखिन्न ओठमा
(६)
हंसपुर दुखेको छ दुखेको छ चरा चर
गाउॅं , वेसी दुखेको छ दुखेको छ वरा वर
आंफन्त झन् दुखेका छन् तिमी लाइ गुमाउॅंदा
मेरो लेखनी दुख्दै छ श्रध्दान्जली चढाउॅंदा
९ वैशाख २०८० ।