टंक सुवेदी
विष्णुमाया दिदी मेरी कुलकी जेष्ठ आांकुरी
उनैलाइ सधैं गर्छु नमस्कार मुरी मुरी
हाम्रो आड भरोसा हुन् ज्ञान भण्डारकी परी
उनकै वियोगमा आज सुन्यभो अमरा पुरी
(१)
हंसपुर गाउॅंमा जन्मिन मातृ लात्सल्य पाइनन्
बाबुको ममता पाइन् रमाएर अघाइनन्
निरक्षर थिइन् किन्तु ज्ञानले धरती धुंदी
यिनै रक्षक हुन् मेरी बाल संसारकी दिदी
(२)
बैनी हुन् उनका प्यारा डूम्रीमाया , वसुन्धरा
उनकै काखमा जन्मे हुर्किए अपरा परा
बाबु थित्थिरीमा रम्दै ऊचालिन् कांध संमन
श्रध्दा संमानले गर्छु उनैलाइ नमो नम
(३)
बालकै कालमा नौलो बिहे बन्धनमा परी
बाबुको काख छोडेर पाखा लाइन् कठैबरी
मेटियो शिरको स्यूंदो बिहे भो कष्टको कडी
नासोकै रूपमा पालिन् छोराळाइ सधैं भरि
(४)
मेला पात चूलो चौंको गाइ गोठ र गोबर
बनाइन् स्नेह पोखेर धानका रास दोब्बर
आफ्नो कर्तव्य संझेर एक्लै माइत आइनन्
सत्धर्म यत्नले थामिन बेफ्वांकमा रमाइनन्
(५)
गोठ , भोट संहालेर उठाइन् गाउॅंका रित
घर आंगन पोतेर रमाइन् पोखरा सित
धेरै दुखहरू खेपीन् झगडा तकरारले
मान्छेलाइ लखेट्दै छन् कालले , अनिकालले
(६)
आगो लाइ दिए सिंगो घरको रूप फेरियो
तीर्थ , बर्त , पूजा गर्दा समस्या झन् अंधेरियो
वेद , पुराण सुन्दा र छोरा , नाती पढाउॅंदा
आंफैंलाइ मथिन् गैरा समस्सा पर्न आउॅंदा
(७)
घरका छेउमा आज तुलसा खिन्नखिन्न छन्
कोठाको रूप बिग्रेर कपडा छिन्न भिन्न छन्
मझेरी भित्र देखिन्नन् सुख सागरकी कडी
म भन्छु नरदेवी हौ तिमी फूल अजम्बरी
(८)
तिम्रो स्वास्थ्य बनोस् भन्दा धेरैले ममता छरे
छोरा , बुहारीले सक्दो सेवा संमानले गरे
नाति , पनाति साराले झुम्मिएर वरि परि
म पनि जलको धारा पिलाउॅंथें घरि घरि
(९)
मेरो जीवनकी नौका तिमीलाइ म देख्दिन
मेरो लेखनी भन्दै छ कविता अव लेख्दिन
भो नआ द्यौसिरे , भैलो तीजको लोक संस्कृती
स्वप्नामा म सधैं देख्छु मेरी स्वर्णमयी दिदी
जुन ३ । २०२४ ।