टंक सुवेदी
माता शिलवती श्रष्टा जगन्नाथ पिताजीको
स्नेहमा हुर्कंदै आएं छोरो म हंसपुरको
मेरो शैसवमै वावा जानुभो र उदेक भो
सोह्र वर्ष नपुग्दैमा वुढिया संग भेट भो
(१)
चित्रकला कला मेरी सृजनाकी मुहान हौ
नविन , रामकी साख्खै स्नेहकी वरदान हौ
तिमी क्यामुनेमा हुन्छ्यौ कुसुन्ने तिर घुम्दछ्यौ
सुवेदी हरूका संला कुलमा फूल उन्दछ्यौ
(२)
कृष्णकला मयी माता भवदत्त पिता अरे
फल्यांकोट उचालेर तराइ फांटमा झरे
दद्रीहानी मथे आंफैं निकाले धर्ती को रस
तिम्रो माइती राम्रोछ तिमी ढुक्क भइ वस
(३)
वाह्र वर्ष नपुग्दैमा हंसपुर गयौ तिमी
आमा र मसंगै नौली छोरी जस्तै भयौ तिमी
तिम्रो कर्म थलो आज छोडियो सुरसुरमा
स्वप्न संसारमा घुम्छ भावना हंसपुरमा
(४)
तिम्रो असारमा छैन चटारो खेत वारीमा
तिम्रो मंसिरमा छैन नौलो धान भकारिमा
तिम्रो स्नेह विना तिम्रा वारीका हार भांचिए
रित्तो हात उठ्यौ तिम्रा श्रम सिप उतै थिए
(५)
तिम्रो चिन्तनको ढोका ढोकामा हंसपुर छ
तिम्रो रगतको थोपा थोपामा हंसपुर छ
मनदिरा , जेनिया तिम्रा गहना हुन् सुशिल छन्
यिनैको स्नेहमा नौला सुनौला फूल फूल्दछन्
(६)
चित्रकला कला मेरी फूलहौ फूल मालती
तिम्रो स्नेह संगै हुर्के उज्याला अनुहार ती
म तिम्रै साथमा हुन्छु निसंकोच भई वस
तिमीलाई निको हुन्छ वहाउ स्नेहको रस
(७)
छोरा छोरी संगै हामी वसौंला खाउॅंला सदा
नाती नातिनी भन्दैछन् आमाकै काखमा मजा
छोरा वुहारीले सोंच आमा कमजोर छिन् वरा
आसिर्वाद लिदा हुन्छ जिन्दगी यो हरा भरा
(८)
तिमीलाई सवै छोडी आमा मेरी विदा भइन्
तिम्रो जन्म दिने आमा वावुको साथमा गइन्
सवै मान्छे हरू जान्छन् पछडी छाडी यो धरा
निसंकोच भई बांच , हांस मेरी वसुन्धरा
२५ फ्रेवुअरी २०२४ ।