Fri. Oct 4th, 2024
Thursdays are Poems by Tanka Subedi.

टंक सुवेदी

आत्मविकास छोरा श्री भूमिनन्द पिताजीका

छिमेकी मित्रहौं हांमी हंसपुर गाउॅं भित्रका

माता सन्तुमाया जीका काखमा हुर्कियौ तिमी

संगाती संगमा खेल्दै रमायौ फुर्कियौ तिमी

(१)

काडेझ्यांग हुंदो खेल्थ्यौं पानीका मुल मुलमा

गाइ , वाख्रा कुदायर दौडन्थ्यौं हुल मुलमा

कपर्दी खालमा रम्ने भलिवल खेल्नमा खुसी

वारिका छेउमा वस्थ्यौं काले उखु चुसी चुसी

(२)

दशैं , तिहार आयसी सयपत्री फूले पछी

संगाती संगमा खेल्दै गाउॅं , वेसी डुले पछी

स्कुल जांदा संगै हुन्थ्यौ सुन्तला मन् पराउथ्यौ

साथिका संगमा कैले गाउॅं भीत्र हराउॅंथ्यौ

(३)

निमावि स्तरको शिक्षा हंसपुरमा भए पछी

कक्षा दश संमका लागी कालिका स्थान गएपछी

ज्ञानको भोक लाग्दामा पि एन क्याम्पसमा भयौ

कान्तिपुर भयौं हांमी तिमी तौलिहवा गयौ

(४)

तिमी जुन वनेका छौ ताराका साथमा सधैं

परदेशी हुनु पर्दैन तिमीले कहिल्यै मझैं

किन्तु ऐले म टाढाछु मौकामा भेटन पाइन

भाइका संगमा आंफ्ना गथेसा मेटन पाइन

(५)

वेसी खेत र टारिका , वारिका आंठ कांठमा

कैले कपिल वस्तुका भाटका फांट फांटमा

खेती , वाली संगै गर्थ्यौं , दाइ हाल्थ्यौं संगै संगै

धेरै वर्ष वितेका हुन् हंसपुर वाट कैं नगै

(६)

मामा . माइजुको माया , आमाको ममता मिठो

तल , माथी दुवै हांम्रा घरको समता मिठो

एउटै गाउॅंको जन्म , एकै जीवन पद्धती

तिलौरा कोटमा जांदा खोजेको हुं कती कती

(७)

तौलिहवा मिठै होला धेरै वर्ष विते पछी

पहाडी हेपिदै जान्छन् मधेसिले जिते पछी

वरु जागिर छोडेसी तराइ छोड्नु पर्छकी

काठमाडौ , पोखरा तर्फ घडेरी जोडनु पर्छकी

(८)

तिम्रो विचार कस्तोछ , भोलिको योजना छ के

जानकार तिमीनैछौ कवितामा भनु म के

गथेसा मेटिदै जालान् टेलिफोन गरे हुंदी

फोनमा घण्टी वज्नेछ कविता मन् परे हुंदी

दिसेम्वर / २ / २ ० २ १ /