टंक सुवेदी
अमेरिका तॅंलाइ म छाती भित्र लुकाउॅंछु
तॅंलाइ संझदा मैंले सधैं सिर झुकाउॅंछु
वघैंचामा सजाएका फूलझैं सुन्दरी परी
तेही सुन्दरता भित्र रुप देख्छु सयौं थरी
(१)
माझेका थाल जस्ता छन् वाटा घाटा चिटिक्कका
चौक चौक वढारेका मझेरीझैं सिलिक्कका
त्यहीं कार दगुर्दै छन् कतै रेल कराउॅंछ
तेरो सुन्दरता हेर्दा हेर्दा शोक , सुर्ता हराउॅंछ
(२)
अमेरिका म हेर्दैछु तेरो छाती विशाल छ
नत्यहां क्यै नमिल्दोछ , न कतै गोल माल छ
घर वार मिलेका छन् , व्यवस्थित वजार छन्
वाहिर कोही देखिन्न , भित्र मान्छे हजार छन्
(३)
अमेरिका तॅं नै मेरो जिन्दगी भित्रको चूरो
तेरो संगतमा मैले पिएकोछु नयां कुरो
जता हेरयो उतै राम्रो मिलेको मात्र देख्दछु
तेही रुप संगालेर कविता कुन्ज कुंज लेख्दछु
(४)
टर्की वथानमा घुम्छन् , पातमा फूल पार्दछन्
त्यही फूल संगालेर वाल वच्चा उमार्दछन्
मृगको पनि तेस्तै छ आफ्नो जीवन पध्दती
सवै जंगल भित्रै छन् , मिलेका छन् कति कती
(५)
शरद ऋतु उदायसी पालुवा तल झर्दछ
झरेका पालुवा माथी उज्यालो हिउॅं पर्दछ
नयां वसन्त आयसी , नयां पात पलाउदा
टुप्पा वाट लतारिन्छन् कोपिला कल्कलाउॅंदा
(६)
घरमा कोही वस्दैन , नसक्ने मात्र वस्दछ
सक्नेले जे जता गर्छ तेतै डलर खस्दछ
वेरोजगार कमै हुन्छन् सवैका काम काम छन्
मान्छेका कामका भित्रै सवै थोक तमाम छन्
(७)
ठूला छन् वालिका पाटा हेर्दा भ्याइ नसक्नुछ
खेती मेसिनले गर्छ खांदा खाइ नसक्नुछ
सवै थोक विमा गर्छ विमा सुल्क तिरे पछी
करको जालमा पर्छ मान्छे यता छिरे पछी
(८)
शहरका चौकमा हुन्छन् विस , तिस तले महल
वाहिर केही देखिन्न भित्रै हुन्छ चहल पहल
कतै हिउॅं परेकोछ , कतै गर्मी तमाम छ
किन्तु यो देशको यात्रा सवैको सुख धाम छ
(९)
दिगो शान्ती सुरक्षा छ ,व्यवस्था छन् पुरा पुरा
देशै उद्योगमा चल्छ मिलेका छन् सवै कुरा
आविष्कार यतै हुन्छन् यै हो निर्माणको मुटु
सिंगो संसार एक्लैले पारेको छ गुटु मुटु
(१०)
कसैले रुल मिच्दैन नकसैलाइ डस्दछ
चाहे राष्ट्रपती आओस पालो पर्खेर वस्दछ
यसैले त अमेरिका विश्वको शिर चुम्दछ
अमेरिका जता जान्छ तेतै संसार घुम्दछ
(११)
सवै मेसिनले गर्छ मेसिनै भित्र देश छ
न यो संसार निर्माता व्रम्हा , विष्णु , महेश छ
सिक्षा , स्वास्थ्य चलेका छन् देखिदैन कतै फिका
विश्वको कल्पना गर्ने धन्य तेरो अमेरिका
(१२)
अमेरिका तॅं भित्रैका पार्कमा घुम्न जान्छु म
तेरो भण्डारमा जे छ , त्यै त्यै खोजेर खान्छु म
तेरै काख महां हुन्छु वांचुन्जेल म निर्भय
या त नेपाल फर्कन्छु केही देखिन्न निस्चय
(१३)
किन्तु नेपालीहूं मेरै नेपाल मन पराउॅंछु
परीवार यतै नैछन् तेसैले ह्यैं हराउॅंछु
कैले नेपालमा जान्छु पुगेसी दंग पर्दछु
माटो , पानी संगै हुन्छु सुखको सास फेर्दछु
नोभेम्वर ० २ / २ ० २ १/