Wed. Jul 3rd, 2024
Thursdays are Poems by Tanka Subedi.

टंक सुवेदी हंसपुर

आत्मविकाश छोरा श्री भूमिनन्द पिताजी का

छिमेकी मित्र हौं हामी हंसपुर गाऊ भित्रका

माता सन्तुमाया जी का काखमा हुर्कियौ तिमी

संगाती संगमा खेल्दै रमायौ , फूर्कियौ तिमी

(१)

कॅाडेझ्यांग हुदो खेल्थ्यौं पानीका मुल , मुलमा

गाई , वाख्रा कुदाएर दौडन्थ्यौं हुल , मुलमा

कपर्दी खालमा रम्ने , भलीवल खेल्नमा खुसी

वारीका छेऊमा वस्थ्यौं काले ऊखु चुसी , चुसी

(२)

दशैं , तिहार आएसी , सयपत्री फूले पछी

संगाती संगमा खेल्दै गाउॅं , वेसी डूले पछी

स्कुल जादा संगै हुन्थ्यौ सुन्तला मन् पराऊथ्यौ

साथीका संगमा कैले गाऊॅं भित्र हराऊॅंथ्यौ

(३)

वेसी खेत र टारीका , वारीका आठ , काठमाा

कैले कपिल वस्तुका , भाटका फाट , फाटमा

खेती , वाली संगै गर्थ्यौं , दाई हाल्थ्यौं संगै , संगै

धेरै वर्ष वितेका हुन् हंसपुर वाट कैं नगै

(४)

तिमी जुन वनेकाछौ , ताराका साथमा सधैं

परदेशी हुनु पर्दैन तिमीले कहिल्यै म झैं

किन्तु ऐले म टढा छु मौकामा भेट्न पाईन

भाइका संगमा आफ्ना दुखेसा मेट्न पाईन

(५)

मामा , माइजु को माया , आमाको ममता मिठो

तल , माथी दुवै हाम्रा घरको समता मिठो

एऊटै गाउॅं को जन्म , एकै जीवन पध्दती

तिलौरा कोटमा जादा खोजेको हूं कती ,कती

(६)

तौलीहवा मिठै होला धेरै वर्ष विते पछी

पाहाडी हेपिदै जान्छन् , मधेसीले जिते पछी

वरू जागिर छोडेसी , तराई छोड्नु पर्छकी

काठमाण्डौ , पोखरा तर्फ घडेरी जोड्नु पर्छकी

(७)

तिम्रो विचार कस्तो छ, भोलीको योजना छ के

जानकार तिमीनै छौ कवितामा भनु म के

गथेसा मेटिदै जालान् टेलिफेन गरे हुंदी

फोनमा घण्टी वज्नेछ कविता मन् परे हुंदी

। ० २ । १ २ । २ ० ७ ८ ।