टंक सुवेदी
उमाकान्त मामा खवर के छ आज
तपांइ विना सुन्य भो यो समाज
म छतवाट हेर्छु अंध्यारो छ तेता
उज्यालो कतै छैन उता न एता
(१)
मांइजु उतै लानुभो झन ऊचाली
रमाएन हांम्रो दशैं एस पाली
खुसाली नभै जान्छकी यो तिहार
सधैं मित्रकै संझना हुन्छ क्यार
(२)
गयं पास्निमा मुल मान्छे थियन
निती , सिध्दान्तका क्यै कुरै निस्कियन
सुनौलो सिशु मुस्कुरायन आज
तपांइ विना सुन्य भो यो समाज
(३)
नियालें सवै फुल वरी घुमेर
उचालें , सुंघें फुल यौटा चुमेर
परन्तु त्यांहां क्यै सुगन्धै थियन
नयां फुलका कोपिला देखियन
(४)
उता दिल्लीमा हांस्छ होला कुटिया
प्रसन्नै हुनिन् भित्रकी ती वुढिया
अफिसमा गयो रेवती झन प्रसन्न
हजुरको पनि मन् छ होला प्रसन्न
(५)
तेहांको दशैं खुव राम्रो हुनेछ
अंधेरी सवै जुन आइ धुनेछ
हजुरको सधैं स्वास्थ्य राम्रो वनाई
सुरक्षा गरुन् भन्दछौं देवी लाई
/ २ ० / ० ६ / २ ० ६ ५ /
प्रस्तुत कविता उमाकान्त मामा दिल्लीको नेपाली दुतावासमा कार्यरत हुंदाको वखत काठमाडौं वाट लेखी पठाइएको हो ।