Wed. Jul 3rd, 2024
Thursdays are Poems by Tanka Subedi.

टंक सुवेदी

नेपाल वुध्दकोदेश वुध्दनै विश्वको रवि
सीता , भृकुटी जन्मायो कलाकार , महां कवि
किन्तु नेतृत्व जन्मेन जन्मिय फुटका जरा
सगरमाथा दुखेकेछ , दुखेकि छन् वसुन्धरा

(१)

परिवर्तभो देश मान्छेका चाहना थिय
यसो गर्छौं , उसो गर्छौं अनेकौं वाहना थिय
किन्तु संस्कार उस्तै छन् लोकले यहि भन्दछ
मान्छेमा एकता छैन कसरी देश वन्दछ

(२)

गाउॅं सुन्य भयका छन् वांझा छन् खेतका गरा
पुर्खाले आर्जिय जस्तो देखिदैन हरा भरा
कृषि प्रधान हो देश मजदुर प्रधान भैसक्यो
जन सक्ती सवै आज तेत्तीकै खेर गैसक्यो

(३)

द्वन्दका घाउ उस्तै छन् भुकम्प , कम्पले झनै
लथालिंग भयो देश योजना छैन हो कुनै
करको भार वढ्दोछ उत्पादन सुन्यमा झर्यो
पराधिन भयो देश गणतन्त्र थला पर्यो

(४)

भ्रस्टाचार वढेकोछ , दवेकोछ सुसासन
पैसा , पहुंच वालाकै हातमा छ प्रशासन
सवै नसा हरू भन्दा नराम्रो कुर्सीको नसा
मान्छे चिप्लीन्छ यै वाट विग्रन्छ देशको दसा

(५)

वेस्या जस्तै भयो कुर्सी रोजै मालिक फेर्दिने
कुर्सी पाएसी मान्छेले कसैलाइ नहेर्दिने
यही सत्ता र भत्ताले तेरो मेरो वनाउछ
पाए संहाल्न जान्दैन मान्छे आफैं गनाउछ

(६)

आंखा चिम्लन्छ मान्छेले कुर्सी माथी चढे पछी
खोते थापेर उफ्रिन्छ कुर्सी वाट लढे पछी
आंफु कुर्सी नपाएसी मान्छे जेपनि गर्दछ
कुर्सी पाएसी मात्तिन्छ , पात्तिन्छ तल झर्दछ

(७)

जाड , रक्सी , जुवा जस्तै पाए पछी रमाउने
यै हो साधन मान्छेको धन संपत्ती कमाउने
सत्ता आतंकले गर्दा दशा सुध्रेन देशको
यस्तै प्रसंगले छैन ठाडो सिर महेसको

(८)

प्रजातन्त्र खुलेकानी धेरै वर्ष विती सके
गुमाए कतिले कुर्सी कतिले चैं जिती सके
जितेन देशले किन्तु सकुनी हरुले जिते
यस्तै प्रसंगले हाम्रा धेरै वर्ष विती सके

(९)

लाखौं वजेट आएनी काम हुन्छ हजारमा
आय श्रोत घटेकोछ महंगी छ वजारमा
छुनै सकिन्न रे भन्छन् शिक्षा र स्वास्थ्य को दर
गाउॅं सुन्य भएकाछन् फर्क वावु छिटै घर

(१०)

मित्रहो सवले आफ्नै गाउॅंको संझना गरौं
आमाको मनको मैलो पखालेर सफा गरौं
देश राम्रो हुंदै जान्छ , गाउॅं राम्रो वने पछी
जननी , जन्म भुमिस्च स्वर्गादपि गरियसी

नोभेम्वर २३ / २ ० २ १ /

One thought on “कुर्सीको महाभारत”

Comments are closed.