Wed. Jul 3rd, 2024
Thursdays are Poems by Tanka Subedi.

नेपाल वुध्दको देश , वुध्दनै विश्वको रवि

सीता , भृकुटी जन्मायो कलाकार , महा कवि

किन्तु नेतृत्व जन्मेन जन्मिय फुटका जरा

सगरमाथा दुखेको छ , दुखेको छ वसुन्धरा

(१)

परीवर्तन भो देश मान्छेका चाहना थिय

यसो गर्छौं उसो गर्छौं अनैकौं वाहना थिय

किन्तु संस्कार उस्तै छन् लोकले यहि भन्दछ

मान्छेमा एकता छैन , कसरी देश वन्दछ

(२)

गाउॅं सुन्य भएका छन, वाझा छन् खेतका गरा

पुर्खाले आर्जिय जस्तो देखिदैन हरा , भरा

कृषि प्रधान हो देश , मज्दुर प्रधान भैसक्यो

जनशक्ती सवै आज तेत्तिकै , खेर गैसक्यो

(३)

द्वन्दका घाऊ उस्तै छन् भूकम्प कम्पले झनै

लथालिंग भयो देश योजना छैन हो कुनै

करको भाउ वढ्दो छ उत्पादन सुन्यमा झर्यो

पराधिन भयो देश गणतन्त्र थला पर्यो

(४)

भ्रटाचारस वढेको छ , दवेको छ सुसाशन

पैसा , पहॅुंच वालाकै हातमा छ प्रसाशन

सवै नसा हरु भन्दा नराम्रो कुर्सीको नसा

मान्छे चिप्लीन्छ यै वाट विग्रन्छ देशको दशा

(५)

वेस्या जस्तै भयो कुर्सी रोजै मालिक फेर्दिने

कुर्सी पाए पछी मान्छे कसैलाइ नटेर्दिने

यही सत्ता र भत्ताले तेरो , मेरो वनाउछ

पाय समाल्न जान्दैन , मान्छे आफैं गनाऊछ

(६)

आखा चिम्लन्छ मान्छेले कुर्सी माथी चढे पछी

खोते थापेर उफ्रन्छ , कुर्सी वाट लढे पछी

आफू कुर्सी नपाएसी , मान्छे जे पनि गर्दछ

कुर्सी पाएसी मात्तिन्छ , पात्तिन्छ तल झर्दछ

(७)

जांड , रक्सी , जुवा जस्तै पाए पछी रमाऊने

यै भो यसाधन मान्छेको धन , संपत्ती कमाऊने

सत्ता आतंकले गर्दा दशा सुध्रेन देशको

यस्तै प्रसंगले छैन ठाडो शिर महेशको

(८)

प्रजातन्त्र खुलेकानी धेरै वर्ष विती सके

गुमाए कतिले कुर्सी , कतिले चैं जिती सके

जितेन देशले किन्तु सकुनी हरुले जीते

यस्तै प्रसंगले गर्दा धेरै वर्ष हरु विते

(९)

लाखौं वजेट आएनी काम हुन्छ हजारमा

आयश्रेात घटेको छ महंगी छ वजारमा

छुनै सकिन्नरे भन्छन् शिक्षा र स्वास्थ को दर

गाऊॅं सुन्य भएका छन् , फर्क वावु छिटै घर

(१०)

मित्र हो सवले आफ्नै गउॅंको संझना गरौं

आमाको मनको मैलो पखालेर सफा गरौं

देश राम्रो हुदै जान्छ , गाऊॅं राम्रो वने पछी

जननी , जन्मभूमिस्च स्वर्गादपी गरियसी

।१० । २७ २०१९।