Sat. Oct 5th, 2024

टंक सुवेदी

माहा मारीले ग्रस्तपार्यो दुनिया

भिजे आँसुको पोखरीमा चिनीया

जुटे स्वास्थ्य कर्मी मिलाए प्रसंग

नियाले सवै रोगीको अंग अंग

(१)

परिक्षण गराए लगे ल्याव भित्र

माहाॅ मारीको देखियो त्यैं विचित्र

लिवि लिन डक्टर थिए स्वाभिमानी

उनैको लियो रेगले जिन्दगानी

(२)

सवै त्रस्त छन् जिन्दगी ज्यूनवाट

कतै छैनरे औषधीको प्रवन्ध

छंदै छैनयो रोकिने छेकछन्द

स्कुल वन्दछन् वन्दछन् कारखाना

(३)

सवै देशका वन्दछन् रे सिमाना

सवैमा छ यो त्रासको मुल मन्त्र

धरासायी भो विश्वको अर्थतन्त्र

झनै फैलियो विश्वमा चीन वाट

(४)

माहा मारीले ग्रस्त छन् देशवासी

कोरोना सितै त्रस्त छन् देशवासी

सयौं लाई खायो र खाॅदैछ फेरी

सवै देशमा घुम्छयो फेरी फेरी

(५)

मैहूं भन्ने शक्ति संपन्न देश

वोल्दा कैले छोड्दछन् जोस होस

किन्तु ऐले भैसके पानी पानी

आलो पालो हुन्छ यो जिन्दगानी

(६)

हेर्दा हेर्दै गैसके लाख लाख

कती थेग्न सक्ला विश्वले यो प्रभाव

माहाॅमारी यो के कती फैलिएला

प्रतिक्षा गरौं ओखती पैलिएला

(७)

सफा खाना खाऔं कतैक्यै नफालौं

सावुन , पानीले हात , पाउ पखालौं

वनौं स्वाभिमानी वनौं होसियारी

घरैमा वसौं वालवच्चा सियारी

८)

गरौं नित्य योगा , चिसो पानी छोडौं

विना काममा निस्कने वानी छोडौं

घरैमा गरौं काम आफ्नो तमाम

भगवान भरोसा हरे राम राम

२१ मार्च २०२०