पुष्पकमल कमल पुष्प फूलेकाे फूल हाै तिमी
ककेरा वाट निस्केकाे भुल्भुले मुल हाै तिमी
माता सन्तुमाया जी र चीजनाथ पिता श्री काे
वीर कर्मठ छाेराेभै जन्मियाै हंसपुर काे
(१)
दाजु , भाई र वैनीकाे विचकाे आँकुरा तिमी
सिंगाे नेपाल आमाकाे वलियाे पाखुरा तिमी
अारुखर्क र गुप्तेका , वेसीका गाेठ गाेठमा
संगाती संगमा खेल्दै जान्थ्याै रामकाेट काेटमा
(२)
छानागिरी र गिर्राका , पाङ्राका खेल खेलमा
सदा निर्भिक देखिन्थ्याै मान्छेका जाल,झेलमा
कतै वहस गर्दा या कस्तै सङ्कटमा पनि
वरु पिटीक्क भाचिन्थ्याै झुकेनाै कहिल्यै पनि
(३)
प्राथमिक स्तरकाे सिक्षा हंसपुरमा भए पछी
ज्ञान अार्जनका लागी वाणारसी गए पछी
पढ्याै सिद्धान्तका पाना पुष्पलाल थिए गुरु
सिकेका ज्ञान फैलायाै गाँउ भित्र खुरु खुरु
(४)
गाेर्जे , तार्काङ माझेर सिक्षा सेवा गरे पछी
ज्ञानकाे भाेक लागेर पाेखरामा झरे पछी
पि एन क्याम्पसकाे नेता सभापती भए पछी
कस्केली हरुकाे नेता पाेखरामा गए पछी
(५)
झनै क्याम्पस छाेडेर मालेदल खाेलिय पछी
धवलागिरी मा हाम्राे गण्डकी जाेडिय पछी
वर्गिय साेच राखेर भेडावारी झरे पछी
नेत्रित्व फँटमा अायाै शिक्षा सेवा गरे पछी
(६)
धेरै निर्धन मान्छेका घरमा , गाेठमा फूल्याै
विद्यार्थी हरुका राता सिकारु अाेठमा फूल्याै
सुनगाभा फूल्याै धेरै रुखमा पात , पातमा
याैटै सिद्धान्त वाँडेर मान्छेका हात, हातमा
(७)
तिमी प्रखर वक्ताहाै एकतामा रमाउने
राष्ट्रकै मुक्तीका लागी हतियार समाउने
तिम्राे जीवन शैलीले ज्ञानले उपदेशले
उज्यालाे जिन्दगी पायाे गाँउकाे परिवेशले
(८)
लेक वेसी र पाखामा शिक्षा ज्याेती जगाँउदा
समस्या आईपर्दामा सानधान लगाँउदा
विराेधी हरु लत्रन्थे तिम्राे वाेली सुनेपछी
वाटाे छाेडेर तर्कन्थे वाेल्ने मुख थुनेपछी
(९)
तिमी साहित्य स्रष्टाहाै छन्दमा गुन् गुनाउथ्याै
मार्ग दर्शनका ठेली कवितामा सुनाउथ्याै
स्पस्ट वक्ता भई वाँच्यैा झुकेनाै कहिल्यै पनि
तिम्रै अभावमा रुन्छ साहित्य निर्धनी वनी
(१०)
आँफ्नाे दैनिकी छाेडेर हंसपुर फिरे पछी
चिन्ताग्रस्त भयाैं हाँमी तिम्राे स्वास्थ्य गिरेपछी
उपचार भय किन्तु अनयास गयाै तिमी
साँच्चैं याे देशकै लागी ज्यूंदाेशहिद् भयाै तिमी
(११)
तिम्रा विश्वाशका नाैका ऐलेझन् जिर्ण,जिर्ण छन्
गाेताखाेर नशामा छन् चुलियर अजिर्ण छन्
नदीमा वाढी चल्दैछ यात्रुछन् तीरमा कठै
अामा निस्तेज मुद्रामा हेरेकी छन् जता ततै
(१२)
तिम्राे सम्मानमा ऐले प्रतिष्ठान वनाँउदा
वर्गिय साेंच राख्नेले समर्थन जनाँउदा
तिम्राे स्वर्गिय आत्माले सुख, सन्ताेष पाउला
भाेलिकाे युगले याैटा इतिहास वनाउला
हाम्राे अादर्शकाे झण्डा विश्वमा फहराउला
/०१/१२/२०२०/