Wed. Jul 3rd, 2024
Thursdays are Poems by Tanka Subedi.
Thursdays are Poems by Tanka Subedi.

मेची , काली यता उता दस गजा किल्ला छ हाम्रो तल

अग्लो उत्तरको हिमाल विचको नेपाल मेरो घर

पाखामा भरिला गुरांस हरु छन् वस्ती छ गोपालको

चौडा फांट तराइ भित्र रहने छोरो म नेपालको

(१)

तिस्टा पुर्व दिसा र पस्चिम दिसा किल्ला थिए कांगडा

लागे ठेस हजार दुष्ट हरुका आए समस्या खडा

कालो सन्धी भयो सुंगौली विचमा धोका हुने खालको

मेरो देश दुख्यो , दुखें दिन दिनै छोरो म नेपालको

(२)

राणा ठेस वनेर देश दुहुदा संकट हरुले छुंदा

सिंगो देश उठ्यो सहिद हरुले संघर्षमा हेलिंदा

राणा शाही गयो दुसाशन रह्यो पंचायती कालको

ठेसै ठेस पिएर लेस म भए , छोरो म नेपालको

(३)

हाम्रा कोसी र गण्डकी हरु विके नेता र मन्त्री विके

ठेसै ठेस दिएर देश पिउने पंगार धेरै झिके

संझौता हरुमा चुके सही गरे धोका हुने खालको

सिंगो देश दुखाउॅंदा दुखी भएं , छोरो म नेपालको

(४)

आयो वहुदल पंचका दिन गए राजा प्रजामा झरे

हाम्रा सोंच पछी परे झुपडीका नेता महल्मा सरे

ल्याए जुट र फुटका निउ झिके ठेसै हुने खालको

आमालाइ दुख्यो दुखें , दुखी रहें , छोरो म नेपालको

(५)

माओ वाद चल्यो जले मन हरु हावा चल्यो त्रासको

तातो रक्त बहेर खेत हरुमा थुप्रा वने लासको

ऐले संम छंदैछ ठेस नमिठो कोक्याउने खालको

देशै दल् दलमा फस्यो दुखि भएं , छोररो म नेपालको

(६)

दुष्टै , दुष्ट मिलेर देश भरका उध्योग जम्मै सके

वेरोजगार युवा सशंकित हुदै नेपाल छोडी सके

ये नै ठेस हुदैछ , देश नमिठो रित्तो हुने खालको

आमाको दिल भत्कियो दुखी भएं छोरो म नेपालको

(७)

फेरी संघियता वनाइ सुरुभो अर्को नयां ठेसको

सिंगो देश छिया भयो र अहिले घांडो वन्ये देशको

यस्तै ठेस तराइ तर्फ छ अझै कोक्याउने खालको

आंमा लाइ दुखाइयो दुखी भएं छोरो म नेपालको

(८)

जेहन्दार वनेर छात्र हरुमा जो जो जती वर्षमा

राम्रै संग पढे , चढे चुली छिटै नेपालकै खर्चमा

यस्तो मर्म भुली पराइ घरमा सेवा दिने खालको

ठेसै ठेस हुंदा उदेक म भएं , छोरो म नेपालको

(९)

धर्ती कम्प भयो ढले धरहरा , दर्वार जम्मै ढले

मान्छे धेर मरे गए र कतिका घर्वार जम्मै ढले

यस्ता ठेस उठाउने र गतिलो नेता हुने खालको

मान्छे देख्न नपाउदा दुखि भएं , छोरो म नेपालको

(१०)

यस्तै ठेस दिएर सोषक हरु गर्छन् रजांई ठूलो

वांझो खेत कती छ देश भरमा पाइन्न राम्रो कुलो

भ्रस्टाचार वढ्यो , महंगी चुलिमा चढ्दैछ रे हालको

तन्नेरी हरुहो वचाउन उठौं अस्थित्व नेपालको

/ १९ / सेप्टेम्वर / २०२१ /