Sat. Oct 5th, 2024
Thursdays are Poems by Tanka Subedi.

टंक सुवेदी

विर्सेको छैन हंसपुर गाउॅं रामकोट को चौतारी

वजार थुंकी स्कुल जांदा खेलेको दौंतरी

सुक्रवार पर्दा संमेलन गर्दा कविता गाएको

छुट्टीको वेला वनको मिठो ऐसेलु खाएको

छुट्टीको वेला वनको मिठो ऐसेलु खाएको

(१)

काउलेकी सानी मगर्नी नानी रोदीमा नाचेको

सोरठी , घांटु , वालुन खेल्दा कंमरै भांचेको

तीजको वेला रमाइलो वेला नाचेर गाएको

विर्सेको छैन दशैंको टिका , जमरा लाएको

विर्सेको छैन दशैंको टिका जमरा लाएको

(२)

आरुमा खर्क जाउॅंला पर्ख रोपाई गरेर

क्याउनेको मिठो धानले मेरो भकारी भरेर

अर्चले भन्ज्यांग , ज्यामिरे वेसी घुमेर आएको

विर्सेको छैन दशैंको वेला कविता गाएको

विर्सेको छैन दशैंको वेला कविता गाएको

(३)

कमेरो लिन गएका होलान् कमेरे खानीमा

पानीका धारा चलेकै होलान् पोखरा पानीमा

अल्काटार जांदा , छत्तिने जंदा अंचुर खाएको

विर्सेको छैन दशैंको वेला कविता गाएको

विर्सेको छैन दशैंको टिका जमरा लाएको

(४)

हटिया गाउॅंकी नेवार्नी नानी रोपाईको वेलामा

असारे गीत गाउॅंदै होलिन वेसीको मेलामा

द्यौराली वाट ओराली झर्यो कर्पुटार जान लाई

कात्तिके खर्क जाउॅंला पर्ख सुन्तला खान लाई

कात्तिके खर्क जाउॅंला पर्ख सुन्तला खान लाई

(५)

भूमेकोट् माथी जाउॅंहै साथी काफल खान लाई

स्साक्लुंगे दिदी हिडेकी होलिन् पोखरा जान लाई

त्यो धारापानी , क्यौरिनी पानी उल्लेरी कांठमा

धानका वाला झुलेकै होलान् ताल्वेसी फांटमा

धानका वाला झुलेकै होलान् ठूल्वेसी फंटमा

(६)

पिप्लेको वस घुमेर आयो सौरबास काटेर

काउरेकी चेली हिंडेकी होलिन् दुइ चुल्ठा वाटेर

विर्सेको छैन लिप्यानी स्कुल पसिना छरेको

चौविस वर्ष हंसपुर वाट आउॅंदै गरेको

चौविस वर्ष हंसपुर वाट धाउॅंदै गरेको

(७)

लोसारको वेला , गुरांसको मेला द्यौराली पाखामा

कान्छा र कान्छी गाउॅंदै हेलान् सुरीलो भाकामा

कयारे जांदा पोखरेडांडा ओराली झरेर

ओजागाउॅं जाउॅंला सुन्तला ल्याउॅंला झोलामा भरेर

ओजागाउॅं जाउॅंला सुन्तला ल्याउॅंला झोलामा भरेर

(८)

अलैंची दाना , सुन्तला खान मंसिरको वेलामा

सरर वस चढेर जाउॅंला म हाडी खोलामा

उपल्ला वेसी , चमेरे गुफा घुमेर आएको

विर्सेको छैन मादीको माछा किनेर खाएको

विर्सेको छैन मादीको माछा तारेर खाएको

(९)

गाउॅं र वेसी मेला र पात पसिना साटेर

वनमा जादा , अमला खादा निगाला काटेर

स्याखु र दाम्लो , डोको र नाम्लो हातले वुनेको

विर्सेको छैन फूलको माला दिदीले उनेको

विर्सेको छैन मखमली माला दिदीले उनेको

(१०)

भरीया दाइले विसाउने भारी रामकोटको चौतारी

स्कुल जांदै गरेका होलान् कलिला दौंतरी

जागए पनि सपना देख्छु हंसपुर आएको

विर्सेको छैन आमाको काखमा खेलेर खाएको

विर्सेको छैन दशैंको टिका जमरा लाएको

सेप्टेम्वर / ६ / २०२१ /