Wed. Jul 3rd, 2024

घुमेर आयो, फेरि नयॉ वर्ष
उनासी सालले, ल्याओस अझै हर्ष
स्वदेश विदेशमा, जता भए पनि
नेपाल नेपाली, सधै मनमा छ नि ।।

आमा र बुबा, अनि दाजुभाई
दिदि र बैनि, हामी सबैलाई
प्रगति पथमा, पाईला बढ्दै जाऊन
सुख सम्बृदि, सबैतिर छाऊन ।।

स्वदेश छोडी , हुदा परदेशी
माया घरको , झनै हुने बेशी
चॅाडपर्व झनै, घुमि आउदा खेरी
झझल्को उतै, आउदो रहेछ फेरी ।।

बुझाउदै मन, परदेशमै भएनी
नछोडौ सॅस्कार, जॅाहा जो गएनी
सम्झि नेपाली, हिमाल पाहाड तराई
सोचेमा आफ्नै, छैन कोही पराई ।।

हस्तेमा हैसे, गरि अघि बढौ
मिलेर सबै, सॅगै पाहाड चढौ
चुमिन्छ शिखर,एकदिन अवश्य
बढिन्न अघि,हुन्न भनि बसे ।।

टुटे फुटेका, मनहरू जोडी
बढौ अगाडी, बिघ्नबाधा तोडी
मिलेर हामी, एक भई जुटे
नत्र भाई फुटे, होला गवार लुटे ।।

सॅस्कृति आफ्नो, आफै बचाउदै
हॅासेर आफु,अरूनि हसाउदै
बाचौ बचाउ, सेवा भाव राखी
पछुताउन पछि, नपरोस नि ताकी ।।

जे जति कष्ट, दुखःआई परेनि
धरधरि ॲाशु, अॅाखामा झरेनि
धैर्य हुने बानी, हामीसंग आछ
नेपाली हुदा , सधै गर्व लाछ ।।

क्या बात भनि , अरूले भनेको
गुण गाथा हाम्रै , सबैले गनेको
सॅसार भरी , गरि राम्रो काम
नेपाली भनि , चिनाएर नाम ।।

बन्धु र बान्धव, अनि भाईचारा
फैलोस अनन्त, विश्वभरि सारा
पुरा हुन सबै , मनका भावना
उनासी सालको , हार्दिक शुभकामना ।।
हार्दिक शुभकामाना

Happy New Year 2079

बिष्णु अधिकारी
तथा परिवार