Sat. Jul 6th, 2024
Thursdays are Poems by Tanka Subedi.

टंक सुवेदी

किसान , ज्यामी को छोरो गाउॅंमा हुर्कंदै गयो

वेद विद्या सिक्यो धेरै नमिठो जिन्दगी सह्यो

सत संगत पाएर वीरका धिरता पियो

नेत्रृत्व पंतीमा आयो वल , वुध्दी उकासियो

(१)

विद्यार्थी विचको नेता राष्ट्रको धुन गाउॅंदा

जनता विचको नेता लाल झण्डा उठाउॅंदा

दलको वल पाएर उमेदवार पनि भयो

लगायो फूलको माला जन नेता हुदै गयो

(२)

राजधानी तिरै वस्दा , चिल्ला कार कुदाउॅंदा

देश , विदेशमा घुम्दा , अस्ताउॅंदा , उदाउॅंदा

परीवार उतै पाल्दा ऐस , आराम पाउॅंदा

हात लम्काउॅंदै गर्छ विदेशी ऋण आउॅंदा

(३)

आंफ्नो कवुल विर्सन्छ चाकडी गर्न थाल्दछ

स्वास्नीको नाउॅंमा राम्रो घडेरी किनी हाल्दछ

घर वनाउदै गर्छ तला माथी तला झिकी

पजेरो विकृ गर्दिन्छ विचमा गुलियो झिकी

(४)

स्वास्नी श्रृंगारमा रम्छे , भेष गर्छे थरी , थरी

ऐनामा मस्किदै हेर्छे आंफ्नो प्लास्टिक सर्जरी

पाहुना आउॅंदा रुन्छे , भाडा धेर वजाउॅंछे

आंफु आवेसमा हुन्छे , अरुलाइ कजाउॅंछे

(५)

छोरो भन्सारमा हुन्छ काम गर्न सिपालु छ

कुरा कानी मिठा गर्छ व्यवहार विसालु छ

राती आवेसमा हुन्छ , दिउसै प्युन थाल्दछ

सुरा , सुन्दरी जोडेर रमाइ ज्युन थाल्दछ

(६)

छोरी झन् मात्तिएकी छ वोल्दा खेरी रिसाउॅंछे

वैंसले पात्तिएकी छ फिल्मका गित गाउॅंछे

आंखावाट कुरा गर्छे झ्याल वाट चियाउॅंछे

ऐना हेरेर झस्किन्छे काम सारा भियाउॅंछे

(७)

नेताको हाल यस्तै छ , आमाको झन् विहाल छ

ऋणको भार वढदो छ , खस्कदो व्ययभार छ

विकास भन्नु मात्रै छ , योजना गन्नु मात्र छ

फांट सुख्खा हुंदै जान्छ , सिचाइ खन्नु मात्र छ

(८)

आन्दोलन भयो कस्तो , वलिदान भए कती

किन्तु यो देशमा आज गणतनत्र अधो गती

नारा , भाषणले पुग्छ , योजना चाहिदैन की

छोरो नेपाल आमाको जन्मनु वांकिनै छ की

सेपटेम्वर / ४ / २ ० २ १ /