Wed. Jul 3rd, 2024

टंक सुवेदी

भारद्वाज गोत्रका हामी सुवेदी हरूका पिता

श्रद्देय सुनज्यूरी हुन् कुलका कुल देवता

पुस्तौं पुस्ता विताएको हंसपुर गाउॅं हो थलो

यासैको आडमा हुन्छ सुवेदी हरूको भलो

(१)

विश्व हिन्दूत्व को ढोका कान्यकुव्ज थलो थियो

सनातन धर्म मान्नु र वेद पढनु भलो थियो

तेतै आश्रमको राम्रो वन्दोवस्त थियो अरे

भट्ट व्राम्मण त्यैं वाट कर्णाली भेकमा सरे

(२)

कर्णाली क्षत्रकै विद्वान कुसाभट्ट पिता थिए

सुवेडा गाउॅंमा वस्दा सुवेदी कहलायिए

पुस्तौं पुस्ता विताएर दैलेख र कालिकोट हुदै

म्याग्दिको राखुमा आए सुवेदी कहलायिदै

(३)

मुक्तिनाथ , गलेश्वरका पिठाधिस भए पछी

पुस्तौं पुस्ता विताएर कास्की कोट गए पछी

पदमपाणी गुरू लागे वेद विद्या पढाउन

कास्की दरवारमा राम्रो सुसंवन्ध वढाउन

(४)

कस्केली हरूका राजा विचित्र शाहले पनि

ल्याए संमानले राखे आदरणिय गुरू भनी

पदमपाणी सुवेदी हुन् कास्की दरवारका गुरू

भवानी नन्द छोरा त्यैं पढन थाले खुरू खुरू

(५)

विचित्र शाहका भाइ कुलमण्डन ले पनि

तिनै राजगुरू माने दाजुका प्रिय हुन् भनी

कुलनण्डन का छोरा यसोव्रम्ह भए पछी

घले राजा हटाएर लमजुंगेले लगे पछी

(६)

राज्या भिषेक पाएर यसोव्रह्म खुसी भए

पुजा पाठ गरे धेरै दान विर्ता दिदै रहे

हंसपुर गाउॅंको विर्ता यता स्याक्लुम संमन

भवानी नन्दले पाए रमाए हुन संमन

(७)

विर्ताको पत्र पाएर कास्की कोट गए पछी

हंसपुर क्षत्रमा जाने वन्दोवस्त भए पछी

राजाले गुरूका पुत्र सवैका प्रिय हुन् भनी

हर्षले सुनको डोरी उपहार दिए पनी

(८)

त्यो वेला डोरीको नाउॅं भनिन्थ्यो जेउरो कतै

भवानी नन्द लाएर घुम्न थाले जता ततै

सुनको डोरी लाएको नौलो मानिस भेटिदा

देख्नेले सुनजेउरी हुन् भन्न थाले यदा कदा

(९)

वावु आमा दुवै वाट आसिर्बाद लिदा भए

भवानी नन्द हासेर कास्की वाट विदा भए

वल मध्दत खोजेर स्याकलुम को सिरमा पसे

कृपानन्द पनाती हुन् हंसपुर गाउॅंमा वसे

(१०)

घना जंगल मासेर वनाए खेतका गरा

विस्तारै देखिदै आयो हंसपुर हरा भरा

पढने पढाउने गर्थे सर्व ज्ञांता थिए उनी

उनैको नाउॅं गाएर वितेका छन् जुनी जुनी

(११)

भवानी नन्द ज्ञानी हुन् सुवेदी हरूका पिता

सुनको डोरी लाएर सुनज्यूरी भए तिता

पुजा आजा सधैं गर्थे निती सिद्धान्तका धनी

तिनै हुन् अहीले हाम्रा कुलका देवता पनी

(१२)

उनकै मन्दिर वन्दैछ हंसपुर गाउॅं टोलमा

कार्य कर्ता खटेका छन् , घुमेका छन् भुगोलमा

दाता दयालु धेरै छन् सिपालु कर्मी छन् अरे

पोको वोकेर मायाको म भेटन जाउॅंला भरे

(१३)

पुजा भेटिन्छ मंसिर को पुर्णिमा मा गए पछी

सर्व संमतीमा हुन्छ गाउॅं सुद्ध भए पछी

आफ्नै पद्धतिमा हुन्छन सवैका कुलको पुजा

वन्धुको भेटमा हुन्छ जता हेरे उतै मजा

वन्धुकै भेटमा हुन्छ जता हेरे उतै मजा

७ दिसेम्वर २०२२ ।