Sat. Jul 6th, 2024
New Poem प्रजातन्त्र निसासियो

टंक सुवेदी

जो आफ्ना मित्रहुन् सच्चा तिनैळाइ गिराउॅंदा

जरा काट्ने मुसा ळाइ खल्ती भित्र छिराउॅंदा

जोसमा होस छोड्नाले सर्वशक्ति विनासियो

दन्क्यो विद्रोहको राको प्रजातन्त्र निसासियो

(१)

प्रजातन्त्र नया किन्तु पुरानै चाल देखियो

गळ गैंची उठाएर जन आवाज छेकियो

सिद्धान्त मैलियो आफ्नै व्यवहार विनासियो

मपाइ वाद मौलायो प्रजातन्र निसासियो

(२)

प्रजातन्र नया के हो निती के हो विचार के

मार्ग दर्शनका ठेली लेखियो कुन हेतुले

वुझेर मुक्तिको वाटो अगाडी लम्कनु थियो

सुविचार नगर्नाले प्रजातन्त्र निसासियो

(३)

प्रजातन्त्र रमेमात्र देश रम्नेछ निश्चय

विवाद टुंगिए मात्र हुनेछ सवको जय

जनता राष्ट्रको शक्ति , जनता मुक्तिको दियो

जनहित गरेमात्र प्रजातन्त्र उकासियो

२ ० ६ ९ । ० ६ । २ ५ ,