Sat. Oct 5th, 2024
Thursdays are Poems by Tanka Subedi.

भारद्वाज गोत्रका हामी सुवेदी हरुका पिता

श्रद्धेय सुनज्यूरी हुन कुलका कुलदेवता

पुस्तौं पुस्ता विताएको हंसपुर गॅाउहो थलो

यसैको आडमा हुन्छ सुवेदी हरुको भलो

(१)

विस्व हिन्दुत्वको ढोका कान्यकुव्ज थलो थियो

पुर्खाको धर्म मान्नु र वेदपढनु भलो थियो

ते तै आश्रमको राम्रो वन्दोवस्त थियो अरे

भट्ट ब्राम्हण त्यैंवाट कर्णाली भेकमा सरे

(२)

कर्णाली क्षत्रकै विद्वान् कुसाभट्ट पिता थिए

सुवेडा गॅाऊमा वस्दा सुवेदी कहलाइए

पछी त्यै गॅाउ छोडेर म्याग्दीको राखुमा सरे

मुक्तीनाथ गलेश्वरका पिठाधिस भए अरे

(३)

म्याग्दीको राखु छोडेर कास्कीकोट सरे पछी

कस्केली हरुले राम्रो सुसंमान गरे पछी

पदम्पाणी गुरु लागे वेद विद्या पढाउन

राज दर्वार छामेर सुसंवन्ध वढाउन

(४)

कस्केली हरुका राजा विचित्र शाहले पनि

ल्याए संमानले राखे आदरणिय गुरु भनि

पदमपाणी सुवेदी हुन् कास्की दर्वारका गुरु

भवानीनन्द छोरा त्यैं पढ्न लागे खुरु खुरु

(५)

विचीत्र शाहले जस्तै कुलमन्डनले पनि

उनै राजगुरु माने दाजुका प्रियहुन् भनि

कुलमन्डनका छोरा यसोव्रम्ह भए पछी

घले राजा हटाएर लमजुंगेले लगे पछी

(६)

राज्याभिशेष पाएर यसोव्रम्ह खुसी भए

पूजा पाठ गरे धेरै दान , विर्ता दिदै रहे

हंसपुर गाउॅको विर्ता एता स्याक्लुंग संमन

भवानीनन्दले पाए रमाए हुन संमन

(७)

विर्ताको पत्रपाएर कास्की कोट गए पछी

विस्तारै हंसपुर जाने वन्दोवस्त भए पछी

राजाले सुनको डोरी उपहार दिंदा भए

भवानीनन्द हॅासेर कास्की वाट विदा भए

(८)

सुनको डोरी लाएको नयॅा मानिस भेटीदा

देख्नेले सुनज्यूरी हुन् भन्नथाले यदा कदा

वल , मद्दत खोजेर स्याक्लुंको सिरमा पसे

क्रृपानन्द पनाती हुन् हंसपुर गाउमा वसे

(८)

घना जंगल मासेर वनाए खेतका गरा

विस्तारै देखिदै आयो हंसपुर हरा , भरा

पढ्ने , पढाउने गर्थे शिक्षाप्रेमी थिए उनी

उनकै नाम गाएर वितेका छन् जुनी , जुनी

(१०)

भवानीनन्द ज्ञानी हुन् सुवेदी हरुका पिता

सुनको डोरी लाएर सुनज्यूरी भए तिता

पुजा , आजा सधैं गर्थे निती , सिद्धान्तका धनी

तिनैहुन् अहिले हाम्रा कुलका देवता पनि

(११)

उनकै मन्दिर वन्दैछ हंसपुर गाऊॅ टोलमा

कार्यकर्ता खटेका छन् , घुमेका छन् भूगोलमा

दाता , दयालु धेरैछन् सिपालु कर्मी थन् अरे

नयॅा ऊत्साह वोकेर पुजामा जॅाऊला भरे

सॅगै नैवेद्य खाएर आरती गॅाऊला भरे

२७ साउन २०७७,