Sat. Mar 29th, 2025 8:00:48 AM

टंक सुवेदी

हाम्रा बाको रातो कार जापानमा वन्छ

मलाइ पनि रातो कार गुडाउन मन्छ

रातो कार बाबा सित काम गर्न जान्छ

दिन भरी घाम ताप्नु भने पनि मान्छ

राम्रो वाटो पायो भने छिटो , छिटो जान्छ

उकालो र ओरालोमा अलि गाह्रो मान्छ

सफा गरी राख्यो भने जाती पनि मान्छ

कैले काहीं हामिलाइ पनि घुमाउन लान्छ

रिसाएर कुद्यो भने यता उता हान्छ

जती वुढो हुदै गयो उती धेरै खान्छ

वाटो छेक्यो यदी भने रिसाएर कराउॅंछ

आफू भन्दा ठूलो गाडी आयो भने डराउॅंछ

१२ जनवरी २०२५ ।