Wed. Apr 2nd, 2025 6:42:44 AM

टंक सुवेदी

आइतवार पढन आउॅंने मेरा बाबु नानी

नेपालको माया गर्ने कति राम्रो वानी

क ख ग घ a b c d पढदै लेख्दै जाउ

सयौं थुंगा फूलका हामी हाम्रै गित गाउ

पढि लेखी ज्ञानी भए ठूलो मान्छे हुन्छ

हामी जस्तै वालकले चन्द्रमा लाइ छुन्छ

ठूलो मान्छे भए पछी नेपाल जानु पर्छ

आाफ्नै माटो उचालेर कसम खान् पर्छ

गुरासको छाया मनी डाफे लोलाउॅंछ

सगरमाथा हिमालले तिमीलाइ वोलाउॅंछ

हाम्रै मिठो गाउॅं वेसी हाम्रै घाम , छाया

नेपालीले गर्नु पर्छ नेपालको माया

दिसेमवर १६ ।२०२४ ,