Wed. Jul 3rd, 2024
Thursdays are Poems by Tanka Subedi.

टंक सुवेदी

म्याकिनेक द्विप देखिन्छ मिचीगन भित्रको चूरो

चूरोमा देख्न पाइन्छ पुरानो युगको कुरो

यो हो भूस्वर्गको छाना , धर्तीको हो धरोहर

तालको छालमा खेल्ने लंका जस्तै मनोहर

(१)

सताव्दियौं विते किन्तु अठ्ठारौं संम जे जती

श्रम सिप लगाएर वनाए अमरावती

ऐले संमन उस्तै छ हेर्दा दंखानु पर्दछ

ऐतिहासिक चूरो वुझ्न मिचीगन जानु पर्दछ

(२)

म्याकिनेक फ्रन्टले संवत् सत्रसौ असिमा घुमे

आंफैं दंग हुदै यसको पैलो सुन्दरता चूमे

साथी , संगाती आयसी दिपावली गरे पछी

गाडे अमेरिकी झण्डा डुंगावाट झरे पछी

(३)

खोलियो देशको दैलो देखियो धर्ती को धुरी

वहना हरुले नापे मिचिगन संमको दुरी

नयां संदेश फैलाय गाउॅंमा टोल टोलमा

लेखियो , लेखिदै आयो इतिहास भुगोलमा

(४)

मान्छेका सुखका निम्ती चलाय श्रम , साधन

म्याकिनेक फ्रन्टमा राखे सवैले अभिवादन

जुराय टापुको नाम म्याकिनेक द्विप हो भनी

यही संदेश फैलाय मिडिया हरुले पनि

(५)

पानीका मुलमा धारा , कुवा धेरै खने पछी

काठे पुल पुलेसा र वाटा घाटा वने पछी

दमाले जंगली घोडा वग्गीमा जोतिय कती

घर , धन्सारका भित्ता रंगाय पोतिय कती

(६)

पुराना घर उस्तै छन् , पुरानै वार्दली हरु

कौसि , भर् यांग उस्तै छन् पुरानै छ सुरो चरु

नयां निर्माण देखिन्न मरम्मत मात्र चल्दछ

किन्तु यो द्विप जैलेनी उज्यालो झलमल्ल छ

(७)

मोटर कार हरु छैनन् न ता रेल कराउॅंछ

न ता उद्योग धन्दाले घार्र घुर्र गराउॅंछ

धुलो , धुंवा कतै छैन वढारेर पखाल्दछ

म्याकिनेक द्विपको छांया तालमा फाल हाल्दछ

(८)

पानी जहाज चल्दै छन् वारि पारी रसा कसी

तालको छाल भेटिन्छ नौका माथी वसि वसी

पौडी वाज हरु त्यैं छन् डूंगा छन् तालमा कतै

म्याकिनेक द्विप देखिन्छ हरियाली जता ततै

(९)

सयौं साइकल भेटिन्छन् शहरका चौक चौकमा

भाडाकै भरमा चल्छन् मान्छे वेरोक टोकमा

वग्गीमा चढन खोज्नेले टिकटनै किन्नु पर्दछ

डलर खर्च नगर्नेले पैदलै हिडनु पर्दछ

(१०)

शहरका पेटिमा धेरै भेटिन्छन् सवला हरु

जोडिकै संग देखिन्छन् चपला अवला हरु

मन्द मुस्कानमा हुन्छन् दिउसै चुम्वन चल्दछ

अरुको जोडी देखेर एक्लाको मन जल्दछ

(११)

होटल , पसल धेरै छन् , स्कुल , कलेज छन् अरे

पुरानो युगमा जैले आविस्कार जती गरे

चौकमा वत्ती वल्दैन , ट्राफिक छैन कतै पनि

किन्तु देखिन्छकी भन्दै हेर्न थालें म तैपनि

(१२)

म्याकिनेक भित्रको जंवा क्षत्रफल् को हिसाव त

तिन हजार सात सय र छेहत्तर वर्ग मिल छ

उचाइ आठसौ नव्वे फिटमा पर्न आउॅंदा

मन प्रसन्न भैहाल्छ घुमेर हेर्न पाउॅंदा

(१३)

यौटै अमेरिका भित्र चलेका छन् दुवै निती

अरु संसारमा यस्तो पांइदैन सिती मिती

जती सरकार फेरेनी विधानै फेरिय पनि

म्याकिनेक द्विप उस्तैछ फेरिदैन कसै पनि

(१४)

जोगाउन सके मात्र सवैले देख्न पाइने

देखेकै भरमा श्रेस्ता , कविता लेख्न पाइने

म्याकिनेक द्विपमा राम्रो टुरिजमको विकास भो

चिरस्थाइ हुदै जाओस पुरानो इतिहास त्यो

नोभेम्वर / ८ / २ ० २ १ /