Sat. Jul 6th, 2024

टंक सुवेदी

ए नेपाली सपूत यो धरतीका आधार खम्वा तिमी

त्यै माटो फलफूल अन्न जलले तिम्रो वन्यो जीवनी

तिम्रो साहस वैलिएर नरहोस मैलो नलागोस कदा

तिम्रो जीवन न्यायको पथमाहा वत्ती वनोस सर्वदा

(१)

तिम्रो उच्च विचार हो तर अझै वांकी छ है खारिनु

को आफ्नो र पराई को छ नवुझे पर्ने छ है हारिनु

सानै छौ तिमी किन्तु साहस ठूलो राखेर आयौ तर

यौध्दा वीर सिपाही वन्न सकने चर्को प्रतिज्ञा गर

(२)

चोखो जीवनमा अनेक खतरा झेल्नै नपर्ने भए

को पो मानव क्रान्तिकारी पथमा हांकेर चल्दैन ए

वुझ्नुपर्छ निती , कृति र कविता नाता संगै दर्शन

राख्नुपर्छ सवाल साथीहरूमा आयो भने अड्चन

(३)

साझा स्वार्थ लिएर काम गरॅंदा वाधा परेमा कतै

राम्रो हुन्न तुरून्त निर्णय दिनु आवेसमा चर्कदै

गल्तीमात्र भयो भने यदि कतै आलोचना आउॅंछ

लाग्यो फेरी कलंक नै यदि भने को पो पछी लाउॅंछ

(४)

एक्लो जीवन हुन्न केही गतिलो वाधा निकै पर्दछन

मान्छे मानव मुक्तिको पथमाहा हांसेर नै मर्दछन

तिम्रो जीवन स्वच्छहो यदी भने वाचा अनी वन्धन

गर्दै सत्य सहीदका रगतले लाउ नयां चन्दन

(५)

आमा वन्धन भित्रका जलनले चिच्याउॅंदै छन् कठै

हाम्रो जीवन हुन्न सार्थक भने वांचेर पो के छ खै

कालो दाग लिने छिमेकीहरू छन् पाए भने निल्दछन्

हाम्रै अन्तरका सयौं नरपशू फेरी उतै मिल्दछन्

(६)

घण्टी वज्दछ टिन्न , टिन्न खतरा दोधारमा देश छ

एक्लो स्वार्थ निको हुंदैन कहिल्यै मर्नु वरू वेस छ

मान्छे वन्छ अजम्वरी जगमाहां हांसेर जो मर्दछन्

मान्छे हुन्छ पवित्र नै यदी भने तारा तलै झर्दछन्

(७)

मान्छेको अनुहार फेर्नुछ याहां फालेर मैलो पन

मान्छेको व्यवहार फेर्नुछ याहां तोड्दै कडा वन्धन

को आफ्नो पर को छ के छ गतिलो सोची लगाउ कसी

फैलाउ जनमुक्तिको लहर यो गर्दै नयां घन्घसी

(८)

सच्चा मानव वन्नुपर्छ तिमीले चोला वदल्ने भए

आमाको अनुहारमा सरसिलो मुस्कान भर्दै रहे

स्वप्ना सत्य गराउ है शहिदको झण्डा सधैं भन्दछ

योध्दा भै हतियार वोकी नजुटे वाटो काहां वन्दछ

३० november 2022