Sat. Jul 6th, 2024

टंक सुवेदी

आयो आज दशैं सफा सरदको उनासी संवत्सर

रंगाए सुकुमारीले चहकिला सेता वनेहुन् घर

हासेहुन् सयपत्री हंसपुरमा साचेहुनन् जिवनी

नाचेहुन् पुतली चुमेर फुलमा तेरो र मेरो भनी

(१)

सल्लाघारी सधैं सुसाइ शिरको सोभा नयां वन्दछ

मादी वोल्छ सुसाइ हंसपुरको माला म हुं भन्दछ

नौलो धुन वजाउदै वस उता आयो भदौरे तिर

लौ आ भन्छ हिमाल संग कसिदै अग्लो भुमेको सिर

(२)

खैंजेरी , मुजुरा र मादल संगै कस्काउॅंदै कंमर

नाचेहुन् मधु मालती तल उता त्यै वारपिर्के तिर

लिंगे पिंग निकै रमाउॅंछ यता नौलोपना ल्याउॅंछ

त्यैवेला रमणिय हंसपुरमा मेरो दशैं आंउॅंछ

(३)

माझेहुन् सव गल्लीका सिंडीहरू वाटा वने तिरमा

हांसेहुन् मखमौली फूल , जमरा स्यूरेहुनन् सिरमा

आयु द्रोणसुते उदाउॅंछ नयां नौलोपना ल्याउॅंछ

त्यैवेला रमणिय हंसपुरमा मेरो दशैं आउॅंछ

(४)

आए हुन् घरवार सम्झी परका ल्याए हुनन् क्यै कुरा

फैलाए तन माझियो मन मिल्यो मिल्दै गए आंकुरा

यो मेरो मन जान्छ हंसपुरमा स्पना उतै खेल्दछ

मान्छेका मन भित्र मातृभूमिको वत्ती सधैं वल्दछ

२०८९ वडा दशैं