Thu. Jul 4th, 2024

टंक सुवेदी

मेरो जन्मथलो आज गाउॅंनै गाउॅं भित्र छ

म यतातिर घुम्दैछु यो संसार विचित्र छ

बिश्वको दृष्टि यसमै छ वलेको छ अमेरिका

गाउॅंको रूप बिग्रेर बनेको छ फिका फिका

(१)

पुस्तौं पुस्ता बितेका छन् त्यै धर्तीमा रमाउॅंदै

नविन राम त्यैं हुर्के ताते ताते समाउॅंदै

नाति नातिनी बन्दैछन् आज अर्कै मझेरिका

यतै स्कूलमा पढ्छन् घुमेका छन् अमेरिका

(२)

घरवार वनेको छ दुवैतर्फ घमाइलो

परिवार मिलेको छ देखिदो छ रमाइलो

आफ्नै औकातमा चल्ने व्यवस्था छन् सवैतिर

तेसैमा व्यस्त छन् छोरा चिन्ता छैन कुनैतिर

(३)

वालवच्चा चलेका छन् आंफ्नै बाटो समाउॅंदै

तिनैको स्नेह पाएर घुमेका छौं रमाउॅंदै

तिनैलाइ म चुम्दैछु रसको रासमा परी

किन्तु त्यै गाउॅंको रूप संझेको छु घरी घरी

(४)

अमेरिका बसेको छु संझन्छु मिरमिरे मिठो

मिसास चुलिंदै जाओस मेरो यही छ घिट घिटो

म देउघाटमा हुन्छु पर्णकुटी सजाउॅंदै

स्वप्नामा त्यैं घुमेको छु शंख घण्ट वजाउॅंदै

(५)

अमेरिका ठूलो रैछ हेर्दा यो झन् महान छ

यसको महानता भित्र गोराकै योग दान छ

सकेसंम घुमेको छु चूमेको छु अमेरिका

किन्तु नेपाल संझेर खसाल्छु आंसुका ढिका

मे १३ २०२४ !