Thu. Jul 4th, 2024

टंक सुवेदी

विश्वविख्यात मान्छे छन् एकै गोल भूगोलमा

परोपकार सेवा छन् गाउॅंमा टोल टोलमा

किन्तु यो रक्त सेवानै सबै भन्दा महान छ

परोपकारी मान्छेको दानमा योग दा छ

(१)

युध्द मैदानमा कोही तातो रक्त बगाउॅंछन्

रक्त दान गरेकाले धेरै लाइ सघाउॅंछन्

रक्तदान महांदान सिगो संसार वोल्दछ

वहाइ स्नेहको धारा शान्तीको द्वार खोल्दछ

(२)

रक्त दान महांदान आंफैं संग रहन्छ यो

अन्त कैं खोज्नु पर्दैन आंफै भीत्र वहन्छ यो

नोक्सान केही देखिन्न न दिएर सकिन्छ यो

जत्ती दान गर्यो उत्ती भित्र भित्रै थपिन्छ यो

(३)

युध्द मैदानका धेरै घाइते भेटिए पछी

तिन्को उध्दारमा सक्दो योगदान दिए पछी

युवा हेनरीड्यूनाको इतिहास महान भो

रेडक्रस विश्वमा चल्नु शान्तीको अभियान हो

(४)

उनका सिध्दान्तका पाना वनेका छन् अजम्वरी

सिंगो संसार सेवामा घुमेको छ वरिपरि

उघारे देशको दैलो चलाए मनको धनु

उनक सत्कर्म धेरै छन् म संझेर कति भनु

(५)

जहां दुर्घटना हुन्छ जता संकट आउॅंछ

तेहीं रेडक्रसले सक्दो योगदान पुर्याउॅंछ

समस्यामा संगै हुन्छ समाधान गराउॅंछ

सदा रेडक्रसको झण्डा विस्वमा फहराउॅंछ

(६)

रेडक्रस फूलहो यौटा फूलेको छ सधैंभरी

परोपकार सेवामा घुमेको छ वरिपरी

हाम्रो सत्सास्त्र वोल्दैछ बोलेको छ जनम् जनम्

परोपकार पुण्याय पापाय पर पिडनम्

(७)

यो चले जिन्दगी चल्छ नचले चल्न छोड्दछ

रक्कदान महांदान सिंगो संसार वोल्दछ

उठाउॅं देशको झण्डा बजाउॅं शान्तिको धुन

वुध्दकै शान्ती चाहिन्छ यो संसार खुसी हुन

मे २१ । २०२४ ।

हा