Sat. Jul 6th, 2024
Thursdays are Poems by Tanka Subedi.

टंक सुवेदी

लिपेयानी तॅंलाइ म छाती भित्र लुकाउॅंछु

तॅंलाइ संझदा मैले सधैं सिर झुकाउॅंछु

तॅं होस् यै गाउॅंको ज्योती जनता हुन् जनार्दन

हिमालय सधैंलाइ गराओस ज्ञान आर्जन

(१)

रामचन्द्र पितानै हुन् गाउॅंका चम्किला जुन

उनैका आडमा जन्मे अंक अक्षरका धुन

जानकी दत्त हुन् राम्रा सेवामा लिन कंचन

टिकाराम अनैठा हुन् वुध्द , ओम जनार्दन

(२)

योगमाया दिदी यस्तै महिला उत्तर दायक

दया , धर्म , हरी , खेम गाउॅंका युग नायक

ऋषिराम हरु जस्तै मोहन चन्द्र वृहस्पती

लिप्यानी गाउॅंका ज्योती भाषा भाष्कर मालती

(३)

लेखनाथ , रवि , कृष्ण ज्ञान भण्डारका परी

यि जस्ता गाउॅंमा धेरै निस्कदै छन् अजम्वरी

यि नौला दिप वन्नेछन् सुनौला युगका मुना

यिनैले देश हांक्ने छन् , उघार्ने छन् कुना कुना

(४)

युवराज जता हुन्छ नवराज तेतै तिर

स्याकलुं कोट संमैछ लिप्यानी गाउॅंको शिर

यिनैका आडमा हुन्छन् कलिला वाल दौंतरी

यतै हेर्दछ न्यूरेर माछपुच्छ्रे घरी घरी

(५)

डांडाको सिर्सीरे हावा , लक्ष्मीका घरको लसी

पातेको सिष्टता राम्म्रो , दिनानाथ सधैं खुसी

योभन्दा एकता राम्रो झन् राम्रोछ हिमालय

हिमालय वने मात्र जनताको जयै जय

(६)

स्याकलुं , काउरे वोल्छ , खोला वेसी रमाउॅंछ

काफलडांडा सधैं टोल्छ , अन्नपुर्ण समाउॅंछ

अलैंची , सुन्तला फल्दा हाडीखोला सधैं खुसी

लिपेयानी रमायर एक्लै मार्दछ वुर्कुसी

(७)

ओजागाउॅं मिलेकोछ पद्म , लोक हरु सफा

भिष्मकान्त संगै घुम्छन् कयारेका दफा दफा

पोखरे घरका नेत्र दाइका सुन्तला मिठा

अमर ध्वोज संगै हुन्छन् लिप्यानी गाउॅंका ठिटा

(८)

वैसाखेको चिसो पानी , परिखेत को मिठो दही

लिपेयानी हुंदो घुम्छन् सोडषी चंचला मयी

कमल टारी उज्यालो हो ,द्यौराली दिव्य रुप हो

दशैंको आडमा चल्छ लिंगेपिंग चहो चहो

(९)

तल्ला खेत हरु सुक्दा लिपेयानी अंधेरिदो

वैसाखे तलको खोलो पैरो वनेर रेलिंदो

सिमाको खहरे डुल्दा , कोइली पाखा सुसाउॅंदा

लिप्यानी संझना हुन्छ दशैं , लोसार आउॅंदा

(१०)

विहे , वर्तुनमा सिंगो गाउॅं निम्तेर आउॅंदा

रोदी , वालुन रन्कन्छ सोडषी छम् छमाउॅंदा

खैंजेरी , मुजुरा जम्दा , रतेली जम् जमाउॅंदा

मान्छेको मन मझिन्छ लिपेयानी रमाउॅंदा

(११)

विदेसी हरुको लर्को पोखरा वाट आउॅंदा

लेकाली हरुका भारी चौपारीमा विसाउॅंदा

तिजको रागिनी सुन्दा , द्यौसिरेमा रमाउॅंदा

लिप्यानी संझना हुन्छ विद्यार्थी मुस्कुराउॅंदा

(१२)

ऐले गाउॅं अंध्यारो छ मान्छे वसांइ गैसके

को खाने गाउॅंको रोटी सवै संपन्न भैसके

विद्यालय वनेका छन् थोरै छन् वाल वालिका

गोर्जे , तारकां वेसीमा पुराए गाउॅं पालिका

२३ अक्टोवर २ ० २ १