टंक सुवेदी
अकस्मात कता वाट मित्रले फोन गर्नुभो
उठाएं , झस्किएं , पाएं रत्नाजी शोक पर्नुभो
गुरु प्रभात प्रा . वि . का धर्मदत्त गए अरे
अव यो लोकमा छैनन् परलोक भए अरे
(१)
प्रभात प्रा . वि . जो पैले दुइहजार चौधमा खुल्यो
यसैको जगमा आज हंसपुर फल्यो , फूल्यो
यसै उद्यानका माली धर्मदत्त हरु थिए
गाउॅंको रुप फेरेर उज्यालो जिन्दगी दिए
(२)
ज्ञानको भोक लागेर वाराणसी गए पछी
सभा , संपर्क , सिक्षामा लगनसिल भए पछी
भाषा , संस्कृती का साथै राजनिती हरु पिए
सिकेका ज्ञान ल्यायर गाउॅंमा चेतना दिए
(३)
पछी वसांई सर्नाले हेटौंडामा गए पछी
शिक्षा प्रेमी गुरु फेरी हेटौंडाकै भए पछी
आंफ्नो विचार छोडेनन् सती शाल भए उनी
शिक्षा प्रेमी हेटौंडाले संझन्छ जुनी जुनी
(४)
लेक , वेसी र पाखामा हिमाली काखमा फूले
सदा संस्कृत , नेपाली रसका रासमा भुले
उनको जिवन शैलिले , ज्ञानले , उपदेशले
कोल्टे फेर्न सक्यो हाम्रो शिक्षाको परिवेसले
(५)
चेलाहौं उनका हामी पढन , लेखन रमाउॅंने
गुरुको ज्ञान पाएर मुल वाटो समाउॅंने
त्यो भन्दा पहिला पढथ्यौं चण्डिका वेदका ऋचा
धेरै चोट हरु खांयौं जिन्दगीमा तिता , मिठा
(६)
हंसपुर दुखेको छ दुखेको छ चराचर
हेटौंडा झन् दुखेको छ दुखेको छ वरावर
सिक्षा क्षेत्र दुखेको छ गुरु लाइ गुमाउॅंदा
मेरो धड्कन दुख्दैछ श्रद्दान्जली चढाउॅंदा
मेरो लेखनी दुख्दैछ श्रद्दान्जली चढाउॅंदा
नेभेमवर ( १ २ / २ ० २ १ /