Mon. Dec 23rd, 2024

टंक सुवेदी हंसपुर

आज फेरी कता वाट मित्रले फोन गर्नुभो

उठाएं , झस्किएं , पांएं विद्याजी शोक पर्नुभो

सुवेदी कुलकै विद्वान तीर्थराज गए अरे

अव यो लोकमा छैनन् परलोक भए अरे

(१)

हंसपुर गाउॅंमा जन्मे काशीनाथ भए पिता

पण्डितग्य थिए वावु कण्ठैथे वेदका ऋचा

कथा , पुराण भन्दा र छोरा , नाती पढाऊंदा

सहयोगी थिइन् गौरा समस्या पर्न आंउॅंदा

(२)

वालकै कालमा उन्को मातृत्व खोसियो वरा

दिदीकै ममताले भो वाल्यकाल हरा भरा

सिकाए वावुले धेरै चण्डीका , वेदका ऋचा

शिक्षाको महिमा चिन्ने गुणकारी थिए पिता

(३)

नहुंदा गाउॅंमा यैटा पढने स्कुल क्याम्पस

काठमाण्डौ छिरेका हुन् सानैमा वाध्यता वस

शिक्षामा योग्यता पाए विद्यावारिधी संमको

सहयोगी थिए मान्छे वानी थियो अचम्मको

(४)

आए सरकारी सेवामा लोकसेवा तरे पछी ,

प्राध्यापन फांटमा लामो शिक्षा सेवा गरे पछी

सेवा निवृत्तभै लागे पढ्न , लेख्म , रमाउॅंन

परोपकार सेवाको मुल वाटो समाउॅंन

(५)

किनमेल गर्नमा यद्वा , कोठा , चोटा नपाउॅंदा

कथा , आलेख लेख्दा या कसैको क्यै छपाउॅंदा

हंसपुरे सुवेदीका नाऊॅंले वहु चर्चित

सेवा , संमानले वोल्थे तीर्थराज सवै सित

(६)

राजधानी तिरै वस्दा , पढ्दामा र पढाउॅंदा

यद्वा साहित्य गंगामा पौडदा खुव रमाउंदा

सादा पोसाकमा हुन्थे दौरा , सुर्वाल , कोटमा

उज्यालो चेहरा उन्को , मृदु मुस्कान ओठमा

(७)

वृहत् साहित्य संमेलन हंसपुर गाऊॅंमा हुदा

रामकोट स्कुलमा यद्वा पुस्तकालयमा सदा

श्रध्देय सुनज्यूरीमा सेवा गर्ने सधैं भर

साहित्यीक् फाटका हस्ती , ज्ञानका हुन् धरोहर

(८)

घरमा , परमा यद्वा यात्रामा भेटिए पनि

लेख्नमै व्यस्त देखिन्थे शिक्षा प्रेमी थिए उनी

वनाए रचना धेरै चलाए मनको धनु

उन्का सत्कर्म धेरै छन् मसंझेर कती भनु

(९)

पर्चा , पुस्तक , आलेख जत्ती लेख्न परे पनि

असहाय , विरामी क्वै गाउॅं वाट झरे पनि

सके संम समस्याको समाधान गराऊॅंथे

यसै कारण उन्लाइ सवैले मन् पराऊॅंथे

(१०)

छोरा , वुहारीका साथ अमेरिका छिरे पनि

नातीको साख छोडेर लगत्तै फर्किए उनी

वाचुन्जेल सके संम सेवा संमानले गरे

हाम्रो साहित्य भणडार अमुल्य रत्नले भरे

(११)

उनका आलेखका पाना वनेका छन् अजंवरी

उज्यालो चेहरा उन्को घुमेकोछ वरि परी

सारै पवित्र मान्छे हुन् निस्वार्थी भावना थियो

चिरन्जिवी रहुन् भन्ने धेरैको चाहना थियो

(१२)

स्वयंभु फेदीमा वस्थे वुध्द जस्तै थिए उनी

झुक्यो साहित्यको झण्डा व्रम्हलिन भए उनी

सवैले पढ्न सक्ने छन् स्मारिका वने पछी

श्रध्दाले शिर न्यूरिन्छ तीर्थराज भने पछी

(१३)

हंसपुर दुखेकोछ , दुखेकोछ चरा चर

स्वयंभु झन् दुखेकोछ , दुखेकोछ वरा वर

सिंगो साहित्य दुख्दैछ तिमीलाइ गुमाउॅंदा

मेरो लेखनी दुख्दैछ श्रध्दान्जली चढाउॅंदा

(१४)

पुनस्च , कविता ह्रस्व , दीर्घ नमिले मिलाएर , अक्षरस

छपाउनु होला ।०५ / ०६/ २०७८/

मेरो लेखनी द्ख्दैछ श्रध्दान्जली चढाउॅंदा