Wed. Jul 3rd, 2024

टंक सुवेदी

आज फेरी उतैवाट आयो फोन वरा वर

शोकाकुल वनेका छन् सुवेदी हरुका घर

पत्याउनै भयो मुस्किल कस्तो दुर्घटना भयो

पुरुषोत्तम सुवेदीको उज्यालो जिन्दगी गयो

(१)

हंसपुर गाउॅंमा जन्मे मेघनाथ भए पिता

कृष्णानन्द हजुर्वा झन् स्पस्ट वक्ता थिए तिता

दिपक , प्रकाश छोरा र आरती छोरीका पिता

अव यो लोकमा छैनन् परलोक भए तिता

(२)

तेरौं पुण्य तिथी आज छोरा छन् शोकमा वरा

राजधानी तिरै जन्मे चिनेनन् खेतका गरा

मातृत्व खोसिएकोनी वर्षदिन पुगी सक्यो

सुवेदी हरुको आज आधा झण्डा झुकी सक्यो

(३)

वालकै काल देखिनै शिक्षाप्रेमी थिए ति ता

कृष्णानन्द हजुर्वाले सिकाए वेदका ऋचा

लगाए भागवत घरमा वाचकी पुरुषोत्तम

वाल वच्चा पढाएर गर्न थाले परिश्रम

(४)

तेर वर्ष नपुग्दैमा चौका माथी चढे पछी

भागवत पाठ गर्दामा मान्छे दंग परे पछी

उन्कै नेतृत्वमा हाम्रो पुष्तकालय खोलियो

आंफैं काठमाण्डू आएर जगाए ज्ञानको दियो

(५)

शिक्षाको भोक लागेर अमेरिका छिरे पछी

विद्या वारिधी पाएर राजधानी फिरे पछी

लागे सरकारी सेवामा विभीन्न येजना गरे

कस्केली हरुका पैला विद्या वारिधी हुन् अरे

(६)

घर वास वनाएर वानेश्वरमा सरे पछी

अध्यापन क्षत्रमा लामो योगदान गरे पछी

सेवा निवृत्त पाएर चलाए मनको धनु

उनका आलेख धेरै छन् म संझेर कती भनु

(७)

हंसपुर दुखेकोछ , दुखेकोछ चरा चर

राजधानी दुखेकोछ , दुखेकोछ वरा वर

सिंगो देश दुखेकोछ तिमीलाइ गुमाउदा

मेरो धड्कन दुख्दैछ श्रध्दान्जली चढाउदा

अगस्त / ३१/ २०२० /