Sun. Jul 7th, 2024
Thursdays are Poems by Tanka Subedi.

टंक सुवेदी

वालचन्द्र तिमी सॅंच्चैं कर्मसिल शुसिल हौ

किसान हरुका लागी उध्देमी श्रमसिल हौ

वगायौ पसिना धेरै वारी , खेत र गोठमा

उज्यालो चेहरा तिम्रो मृदु मुस्कान ओठमा

(१)

घरमा , परमा एक्लै गितमा गुन् गुनाउथ्यौ

तल , मथी घुमी एक्लै मौरीझैं भुन् भुनाउथ्यौ

तिम्रा भजनका तुक्का सुन्दा कैल्यै नथाकिने

अजेय प्रतिभा तिम्रो धर्ती , आकास ढाकिने

(२)

तिम्रो गला , कला कस्तो सवैलाइ हॅंसाउने

यसो नजिक पर्दैमा वुकिफूल वसाउने

रमायौ जिन्दगी ज्यूंदै खैंजेरी , मुजुरा सित

मान्छेका मन भित्रै छन् तिम्रा दमदमेका गित

(३)

हंसपुर दुखेको छ , दुखेको छ चराचर

कैलाली झन् दुखेको छ , दुखेको छ वरावर

खैंजेरी , मुजुरा दुख्छ तिमीलाइ गुमाउॅंदा

मेरो धड्कन दुख्दै छ श्रध्दान्जली चढाउॅंदा

सेप्टेम्वर / १४ / २०२१ /