Sat. Oct 5th, 2024
Thursdays are Poems by Tanka Subedi.

टंक सुवेदी

महामारिले ग्रस्त पार्यो दुनिया

डूवे आंसुको पोखरिमा चिनीया

जुटे स्व्स्थ्य कर्मी मिलाय प्रसंग

नियाले सवै रोगी को अंग , अंग

(१)

परिक्षण दराय लगे ल्याव भित्र

महा मारिको देखियो त्यैं विचित्र

लिविलींग डक्टर थिय स्वाभिमानी

उनैको लियो रोगले जिन्दगानी

(२)

नयां भेरियन्ट फैलियो आज वाट

सवै त्रस्त छन् जिन्दगी ज्युन वाट

कतै छैनरे औषधि को प्रवन्ध

छंदै छैन यो रोकिने छेक छन्द

(३)

स्कूल चल्दछन् चल्दछन् कारखाना

वरू देशका वन्द राखौं सिमाना

सवैमा छ यो त्रासको मुल मन्त्र

धरसायी भो देशको अर्थ तन्त्र

(४)

महां मारिले ग्रस्त छन् देशवासी

कोरोना सितै त्रस्त छन् देशवासी

नयां भेरियन्ट फैलिदै राछ फेरी

सवै देशमा घुम्छ यो फेरी फेरी

(५)

मै हूं भन्ने शक्ती संपन्न देश

वोल्दा आंफै छोड्दछन् जोस होस

किन्तु ऐले भैसके पानी पानी

आलो पालो हुन्छ यो जिन्दगानी

(६)

हेर्दा हेर्दै गैसके लाख लाख

कती थेग्न सक्ला विश्वले यो प्रभाव

महां मारि यो के कती फैलियला

प्रतिक्षा गरौं ओखती पैलियला

(७)

सफा खाना खाऔं कतै क्यै नफालौं

सावुन पानीले हात पाउ पखालौं

वनौं स्वाभिमानी वनौं होसियारी

घरैमा वसौं वाल वच्चा सियारी

(८)

गरौं नित्य योगा चिसो पानी छोडौं

विना कामले निस्कने वानी छोडौं

घरैमा गरौं काम आंफ्नो तमाम

भगवान भरोसा हरे राम राम

० ७ / दिसेम्वर / २ ० २ १ /