Sat. Jul 6th, 2024

टंक सुवेदी

विश्व हिन्दुत्वको ढोका हाम्रो नेपाल भित्र छ

पवित्र तीर्थ यो धाम देवघाट पवित्र छ

हिमाळी क्षत्रको मूल मुक्तिनाथजी को जल

देवघाट पुगेको छ काकवेनी हुंदै तल

१)

गोसाई कुण्डको धारा त्रिसुली वाट आउने

धेरैछन् गण्डकी यस्ता देवघाट वनाउने

नारन्घाट तिरै वग्छ नारायणी पवित्र यो

पार्वती पुत्रको प्यारो भरतपुर मिठो छ यो

२)

सुप्रसिद्ध वनेकोछ त्रिवेणी घाट तल्तिर

देवघाट केन्द्र विन्दु हो गाइघाट उपल्तिर

यसै जंगलमा आई तपस्या गर्दथे मुनी

यहीं पाप पखालेर वितेका छन् जुनीजुनी

३)

नयां आश्रम धेरै छन् ज्ञानकुन्ज वरिपरी

पुजाको साथमा वज्छन् शंख घण्ट घरीघरी

हजारौं पर्णशाला छन् भक्तले वास पाउॅंछन्

सधैं किर्तन गाएर जिन्दगानी विताउॅंछन्

४)

शिव पार्वतीको छांया महेशाश्रम क्षेत्रमा

महर्षि व्यासको ढोका देवघाट छिमेकमा

यतै दर्शन पाइन्छ नृसिंह अवतारको

झोलुंगे पुल वन्दैमा देवघाट अपारभो

५)

हरिहर् क्ष्त्रको धारा , गण्डकी क्षेत्रको जल

वेनीमा मिसिएको छ वनेको छ रसातल

वैदिक ज्ञानको ढोका ज्ञानोदय तपोभूमी

अघोरी सिद्धवावाको छांया छेत्र घुमीघुमी

६)

प्रवचन् सुन्न पाइन्छ सत संगतमा सदा

मान्छे देवघाट ओर्लन्छ मेला भर्न यदाकदा

सदा व्रत् गर्दछन् केही मन शान्त वनाउन

जाउॅं जाउॅं सधै हुन्छ देवघाट नुहाउन

२ ७ / ० २ / २ ० ७ ९ /