Sun. Jul 7th, 2024

टंक सुवेदी

विश्व हिन्दुत्व को ढोका हाम्रो नेपालभित्र छ

पवित्र तीर्थ यो धाम देवघाट विचित्र छ

हिमाली क्षेत्रको मुल मुक्तिनाथजी को जल

देवघाट पुगेको छ काकवेनी हुंदै तल

(१)

गोसाई कुण्डको धारा त्रिसुली वाट आउने

धेरैछन् गण्डकी यस्ता देवघाट वनाउने

नारनघाट तिरै वग्छ नारायणी पवित्र यो

पार्वती पुत्रको प्यारो भरतपुर मिठो छ यो

(२)

सुप्रसिध्द वनेको छ त्रिवेणी घाट तल्तिर

देवघाट केन्द्र विन्दु हो गाईघाट उपल्तिर

यसै जंगलमा आई तपस्या गर्दथे मुनी

यहीं पाप पखालेर वितेका छन् जुनी जुनी

(३)

नयां आश्रम धेरै छन् ज्ञान कुन्ज वरि परि

पूजाको साथमा वज्छन् शंख , घण्ट घरी घरी

हजारौं पर्णशाला छन् भक्तले वास पाउॅंछन्

सधैं किर्तन गाएर जिन्दगानी विताउॅंछन्

(४)

शिव पार्वतीको छांया महेशाश्रम क्षेत्रमा

महर्षि व्यासको ढोका देवघाट छिमेकमा

यतै दर्शन पाइन्छ नृसिंह अवतारको

झोलुंगे पुल वन्दैमा देवघाट अपारभो

(५)

हरिहर् क्षेत्रको धारा गण्डकी क्षेत्रको जल

वेनीमा मिसिएको छ वनेको छ रसातल

वैदिक ज्ञानको ढोका ज्ञानोदय तपो भूमी

अघोरी सिध्दवावाको छांया क्षेत्र घुमी घुमी

(६)

प्रवचन सुन्न पाइन्छ सत संगतमा सदा

मान्छे देवघाट ओर्लन्छ मेला भर्न यदा कदा

सदाव्रत गर्दछन् कोही मन शान्त वनाउन

जाउॅं जाउॅं सधैं हुन्छ देवघाट नुहाउन

२४ april 2023