Thu. Mar 26th, 2026

टंकप्रसाद सुवेदी हंसपुर

आयो फेरी सुनामी देशभरमा वयासियौं सालको

धेरै पल्ट चुनावले चुनिसक्यौं सरकार नेपालको

नेपाली जनता जता हुरी चल्यो तेतै वहन्छन् कठै

चाल्नुपर्छ कदम् सधैं फुकी फुकी नेत्रृत्वमा को छ खै

(१)

माओ वादी सुनामी दामी छ भनी वाउन्नमा छानियो

बैसट्ठी तिरको चुनावी नतिजा कांग्रेसमा तानियो

यस्तै हालतमा वहत्तर वित्यो पालो थियो केपी को

एकै गोल हुदैथिए दल दुबै आयो सुनामी फुट्यो

(२)

ऐले फेरी बयासीमा सुरू भयो नौलो सुनामी कथा

हाम्रा वालक मारिए सडकमा उस्तैछ हाम्रो व्येथा

आंधी सन्न चल्यो मुटु झहनियो हाम्रा प्रतिष्टा जले

बेर्थै दमकल रोकिए नगरमा हल्ला नराम्रा चले

(३)

मान्छे भन्छ मिसाइयो जलनमा पाट्रोल वमका छिटा

देशै दन् दन दन्कियो सुरूभयो नेपालको दुर्दशा

यस्तै दल् दलमा चुनाव गरियो घण्टी अगाडी भयो

धेरै अवसर बाडिए मुलुकमा मान्छे तेसैमा गयो

(४)

भोली देश कसोरी चल्दछ भनी शंका हजारौं थरी

नेपाली हरू खाडिमा झहनिदा आयो समस्या घडी

यो सरकार छिटै बनेर यसमा राम्रो निकासा दिन

सक्ने आंट गरोस फलोस् फूलिरहोस् भन्दैछ मेरो मन

(५)

यो निर्वाचनमा जती दलहरू आए पछाडी परे

अर्को पल्ट अगाडी हुन्छ बुझनु राम्रो समिक्षा गरे

भोली फेरी सडक तताउन परे पर्छन् अनौठा कथा

चाल्नुपर्छ कदम् सधैं फुकी फुकी यस्तैछ हाम्रो ब्येथा

(६)

यो हो जिन्दगी हार जित दिनहूं हुन्छन सवै थोकमा

हार्ने जित्छ , जितेर हार्दछ सधैं यस्तैछ यो लोकमा

बेर्थै आत्तिनु , मात्तिनु , बदलिनु , झुक्नु पनि हार हो

कस्तो चल्छ सुनामी त्यै नियतिमा चल्दैछ संसार यो

(७)

भोली चल्छ जता सुनामी जनता तेतै वहन्छन् भरे

काला गोमन सर्पका चहकिला आखा एतै छन् अरे

चल्दै छन् अझ देशमा असजिला , नौला सुनामी कथा

चाल्नुपर्छ कदम सधैं फुकी फुकी यस्तैछ हाम्रो ब्येथा

(८)

जैले संम थिए समान बलिया हाम्रा पुराना दल

आफ्नो सोंच वदल्नु पर्छ अवता आएन राम्रो फल

ऐलेको नतिजा कता , किनगयो राम्रो समिक्षा गरी

चाल्नुपर्छ कदम सधैं फुकी फुकी आयो समस्या घडी

(९)

सेतो हात्ती छ यो प्रदेश कसरी पालिन्छ यो के कती

धेरै घांस , भुसा , टुसा दिन दिनै खाने मुसा छन् कती

चारा चर्न रमाउॅंछन् सवजना यो हो सुनामी कथा

चाल्नु पर्छ कदम सधैं फुकी फुकी उस्तैछ हाम्रो व्येथा

(१०)

सर्दै छन् किन रातमा दशगजा अर्को सुनामी छ यो

गुम्दै छन् लिपुलेक फेरी किनहो सरकार बोल्दैन यो

धेरै छन् जन चाहना मुलुकमा थोरै छ हाम्रो गुदी

चाल्नु पर्छ कदम सधैं फुकी फुकी औंला उठाए हुंदी

(११)

मान्छे हो सवले सुरक्षित वनौं यस्ता सुनामी सित

आंफ्नै साधन , स्रोतका भरपरौं नेपालमा निर्मित

धेरै पल्ट चुनावले चिनी सक्यौं नेता हरूको खुवी

कस्ले सक्छ संहाल्न तिब्रछ कठै नेपालको धुक्धुकी

०६ आस्विन २०८२ यु , एस , ए

ह्रस्व दीर्घ नमिलेको भए मिलाएर अक्षरस छपाउनु होला

Leave a Reply