Mon. Dec 23rd, 2024

आयाे आज खुसाली पूर्ण हुनगाे छैसठ्ठी सम्वत्सर
विउझाए सुकुमारीले सुमधुराे वन्दैगयाे याे घर
मुस्काए सयपत्री फूल दुइटा वास्ना हजाराैं छरे
नाेभा आज  दिदी भइन् र उनकै वैनी युरेका परे

हाँसेहुन् सूनज्यूरी स्वर्ग पुरिमा हाँस्दै हुनिन् भारती
हाँसेहुन् दिदी वैनीका घर हूँदाे वाले हुनन् आरती
हाँसेहुन् अझ मावली हरु सँगै मेरा छिमेकी हरु
हाँसेहुन् परिवार हंसपुरका मेरा छिमेकी हरु

हाँस्याे आज अमेरिका अझयता नेपाल हाँस्दै छ याे
याे हाम्राे परिवार भित्र दुइटा वत्ती वलेझै भयाे
मैं जस्ता अरुका पनि घर हूँदाे फूल्दै हुनन् मालती
कस्काे मन् खुसि हुन्न हाँसिरहदा नाैला अनुहार ती

नाेभा आज उतै मुमासित निकै गर्दै  हुनिन् गुन्गुन
वावुका सँग सुन्दिहुन् खुसिहुँदै सन्चार दायि धुन
कैलेकाँहि रिसाउदै पिरलिदै फाल्दै खेलाैनाहरु
एक्लै पिल्पील गर्दिहुन् निरिहभै टाढा भयाे के गरु

कैले अल्तलिदै, रुँदै,लडि वडी गर्दै उचा स्वरमा
आमा दिक्कहुँदै उठाइ कहिले राख्दि हुनिन् खाेरमा
केगर्नु म रहें यता  तिर  यसै  लेख्दै  रहन्छु  वरु
पाजी एमविसिले दियाे दुख निकै  टाढा भयाे के गरु

वैनी छन् घरमा यतातिर जता हाँमी रहन्छाै सवै
उन्मा क्यै कमिछैन हाँमी घरमै वस्छाैं कतै कैं नगै
उन्कै लागी नयाँ जुटाइ पुतली नाैला खेलाैना हरु
किन्दामा दिदी सम्झिइन्छ किनहाे टाढा भयाे के गरु

ऐले वालक छन् वढेर दिनहूँ पढ्नन् र लेख्नन्  खुवै
अाफ्नै पाैरखमा रमाइ रहनन् नाेभा,यूरेका दुवै
फूल्नेछन् अरु काेपिलाहरु झनै हाेला उज्यालाे घर
मेराे देश र देशवासि हरुमा गर्नन्  ठूलाे  अादर

छाेरा हुन् दुइभाइ फूल कुलका दाजु यतै व्यस्त छन्
भाइ व्यस्त अमेरिका तिर उता सम्झि रहन्छाै सधैं
सम्झन्छन् अझ दाइ,भाउजु दुवै साेध्छन् छिमेकी हरु
आमा पिल्पिल गर्दछिन् दिन दिनै टाढा भयाे के गरु

याे हाम्राे घरभित्रकाे स्थिती न हाे यस्ता सवैका हुनन्
छाेरा ज्ञानी वनेर यत्न  सङ्ग याे नेपाल आँफै धुनन्
लाखाैं फूलहरु फूलेर घरकाे हाेला वगैंचा  मिठाे
याे नेपाल फलाेस् फूलाेस् दिन दिनै मेराे यही घिट् घिटाे 

२०६६ साल जेस्ठ र भाद्र गरी तिन महिनाकाे अन्तरालमा जन्मलिएका प्यारा नातिनी हरु नाेभा सुवेदी र युरेका सुवेदीका विषय प्रसङ्गमा लेखिएकाे कविता हाे याे ।