Mon. Dec 23rd, 2024
  • टंक सुवेदी

मादी कल्कल बग्दछिन्  बगरमा भुस्वर्ग यो पोखरा
मेराे गाँउछ हंसपुर विचमा अग्लो  भुमेको धरा
पाखामा रमणिय ठाँउहरु छन् वस्ति नयाँ खालकाे
बाटो,पानी  मिलेर गाँउ सजिलाे  बन्दै नेपालको

फुल्छन् फूल बुकी  गुराँस  वनमा फलछन मिठा काफल
राेदि,वालुनमा कि वा भजनमा घन्काउङन्  मादल
डाफे कोकिल गाँउछन् मृग यसै घुम्छन पखेरावन 
ऐसेलु र गुराँस को लहरमा चलदै गयो जीबन

शिक्षा स्वास्थ्य , सफा निकायहरु छन् रामकोटको माझमा
गाँउ वेसि घुमेर मानिस घरै फर्कन्छरे साँझमा
तेइगाँउ विचजन्मिए जननिले माया  दिनुभाे कति
बाबाकाे कपुरिक वाट सुरुभाे मेराे नयाँ जिन्दगी 

पैले बाहृखरी सिकेर सुरुमा दुर्गाकवच्का  रिचा
चन्डि कन्ठहुदा पर्रसन्न हुनुभाे  दाता र माता पिता
जन्मे स्कुल गाँउमा सहरमा पायौं नयाँ पुस्तक
पढ्दा नित्य पढाउदा दिनगए गल्दै गए मस्तक

राेजै इस्कुल धाउदा र घरका जन्जालमा जेलिदा
यद्वा गाँउ समाज भित्रदिनहूं निस्वार्थ सेवा दिदा
पेसावाट विदा भयर घरमा वस्ने अवस्था रह्याे
तेइवेला परिवार कान्तिपुर मा सर्ने तयारि भयाे

पैलो  पल्ट छिरेर कान्तिपुरमा झाेला विसाएपछि 
मान्छे सङ्ग  विचारका र घरका  नाता मिसाएपछि 
आफ्नामा र छिमेकमा सहरमा सम्पर्क वढ्दै गयाे
पर्चा पुस्तक पत्रिका र कविता पढ्ने र लेख्ने भयाे

कान्तिपुर सिङ्गारिदैछ दिनहुँ निर्माणले स्राेतले
सिङ्गाे देस र देसवासि हरुका आस्था र उद्घघाेषले
हामी तेहि सहकारिकाे र घरकाे नर्माणमा लागियाे 
भाषा भक्त र भानुभक्त कविकाे भु स्वाेर्ग राम्राे थियाे

जैले सम्मन मिरमिरे सदनमा आयाै रमायाै कि वा
यद्वा हाेटलमा रिसाेट हरुमा डेरा जमायाै कि वा
याेगा ध्यान सकेर मन्दिर हुदेा गर्दै गयाैं दर्शन
स्रद्दा साथभयाे सदशिबजीमा वेलपत्रकाे अर्पण

राेजै पढ्न र लेख्नलाइ जतिनै सेस्ताजुटाए पनि
एद्वा साधन साेर्रत वाट घरमा तल्ला उठाएपनि
कान्तिपुर छिरेनि हंसपुरमा सम्पर्क हुन्थाे कति 
आयाे एम्विसिकाे भिसा सुरुभयाे परदेसिकाे जिन्दगि 

वायुयान उकासियाे संगसंगै आयाैं सिकागाे तिर
छाेराकाे मुख देख्न पाइ  मनका आफै हराएपिर
छाेरि नातिनि नातिका सङ्ग हुदा  चिन्ता कतागाे कता
नेपाली जति भेटिए उति नयां वढ्दै गयाे मित्रता

भन्दा देश अमेरिका छ तरयाे सिङ्गाे महादेस छ
मान्छेका सुखका निमित्त सजालै जिउनु याहा वेसछ 
याैटै देश पचास  राज्य हरु छन् नेपाल भन्दा ठुला 
इच्छा माफिक  जाे जहा वसखुला खाउ कमाउ खुला

खेति याेग्य विसाल फाट हरुमा चल्छन् नदिका कुला
वारै मास हिउ जमेर रहने चक्ला हजाराैं ठुला 
यद्वा सागर छन् ठुला डलरमा व्यापार हुन्छन् खुला 
देखिदैन हिलाे धुलाे र धमिलाे मैलाे नराम्राेकुरा 

शिक्षा हुन्छ निसुल्क देशभरमा पढछन् सवैका भुरा
चल्छन् देसि विदेसि हाेटल हरु सुन्छन् सबैका कुरा
किस्तामा, करमा किवा डलरमा,व्यापारमा कारमा
घुम्छन् मानिसका विमा र सपना यस्तैछ सन्सारमा 

लाखाैं माेटरकार छन् सडकमा हेर्दा  चमत्कारछ 
उद्दाेगि वेवसायि छन् अघिपछि सम्भ्रान्त सम्सारछ
देखिन्छन् हरिया घनावन कतै सुख्खा मरुद्यान छन्
मान्छे भन्छ अमेरिकि हरु निकै बिख्यात विद्वान छन्  

मेलापर्व विदाइमा अफिसमा मैना र दिनमा कति
कस्ता कानुन चल्दछन् मुलुकमा चुन्छन् चुनिन्छन् कति 
पैलै निस्चित छन् विधान विधिमा चल्छन् सदा सर्वदा
सम्विधान अकाट्य हुन्छ कहिल्यै फेरिन्न याैटै वुदा

शिक्षा  स्वास्थ्य मिठाे सु सासन मिठाे हावा र पानि मिठाे
आविस्कार मिठाे, मिठाे डलरकाे खानि जवानि मिठाे
सिङ्गाेदेस मिठाे, सफा सडकमा गाडि दगुर्ने छिटाे
याे भन्दा जनप्रिय कान्तिपुरकाे नेपाल धेरै मिठाे 
मेराे देश मिठाे, हिमालय मिठाे, नेपाल हाम्राे  मिठाे