Sun. Dec 22nd, 2024

-टंक सुवेदी

आयो वर्ष नयाँ नयाँ लहरमा उत्साहमा हर्षमा
आफ्नै आश्रमबाट प्रस्तुत भयौं ऐले नयाँ वर्षमा
यौटै रक्तछ देहभित्र सवको यौटै नयाँ धारछ 
नेपाली परिवारलाई दिनहुँ मेरो नमस्कार छ ।

आफ्ना दैनिकी बाट फूर्सद लिंदै संपर्कमा आँउदै
यो साहित्य सुधा पिएर कविता गाथा मीठो गाउदै 
भावी सन्ततीलाइ यै किसीमको शिक्षा दिनु सारछ 
भाषा भाष्कर ह्यैं उदाउन सकुन् मेरो नमस्कार छ ।

ऐले देश-विदेशमा जती हुनन् नेपालका सन्तती
आयो वर्ष नयाँ सु-स्वागत गरौं गर्दै नयाँ उन्नती 
यद्बा क्यै शुभकामना लिनु दिनु हाम्रो सु-संस्कार छ 
आफ्नै पाैरखमा रमाउन सिकौं मेरो नमस्कार छ ।

शिक्षा, स्वास्थ्य, सफाई उन्नत रहुन् देशै उज्यालो बनोस्
सिंगो देश र देशवासी हरुमा कैल्यै नराम्रो नहोस् 
एकै गोल बने रहन्छ बलियो नेपालीको हालत
आयो वर्ष नयाँ मनाउ सवले मेरो नमस्कार छ 

हाम्रो सन्तती लाल-वाल अवला पढ्ने र लेख्ने थलो
भोली सभ्य समाज सेवी वनिदै गर्नन सवैको भलो
शिक्षा ज्योती जगाउदै अघिवढे नेपालीको सारछ 
नेपाली परीवार शिक्षित बनुन् मेरो नमस्कार छ । 

हाम्रा बुद्ध र जानकि, भृकुटीजी आलेखमा आँउछन् 
हाम्रा अग्रज भानुभक्त कविका गाथा सवै गाँउछन्
भाषा, भेष र भावना फरक छन् यौटै छ हाम्रो मत 
आयो वर्ष नयाँ मनाउन जुटौं मेरो नमस्कार छ । 

सुन्छौं आज विभिन्न देशहरुका नौला अनेकौं कुरा 
आफ्नै संसद फोर्नलाई कतिले आफैं उध्याए छुरा 
नेपाली जन एकभै अघिवढे नेपालीको सारछ 
मैत्री फूट गराई भुल नगरौं मेरो नमस्कार छ । 

आयो कोभिड फैलिएर दुनिया वेकालमा गैसके 
वाँचेका पनि शोक-भोकहरुले धाके छिया भैसके
भेला, भाषण चल्दछन् मुलुकमा यस्तै कु-संस्कार छ 
आयो वर्ष नयाँ जगाउ जनता मेरो नमस्कार छ । 

पुर्खा वीर थिए लडेर वलले किल्ला वने कांगडा
नेपाली इतीहास भन्छ दिनहूँ सिमा छ हाम्रो खडा 
मैत्री फूट गराउदै दशगजा निल्दैछ रे भारत
आफ्नो देश बचाउने प्रणगरौं मेरो नमस्कार छ ।

स्वार्थी दुस्ट दलाली बाट घरमा गल्दै गयो एकता
भ्रस्टाचार भयो भनेर दिनहूँ बढ्दैछ यो तिक्तता
ऐले एम सीसीको विवाद छ ठूलो झुक्दैछ नेपाल त
तन्नेरीहरु गाँउ फर्क अवता मेरो नमस्कार छ 

शिक्षा, स्वास्थ्य मिठो सु-सासन मिठो हावा र पानी मिठो
भाषा, भेष र भावना पन मिठो साहित्य मेरो मिठो
वारी, खेत मिठो पहाडी घरको गाँउ र वेसी मिठो
आयो वर्ष नयाँ बनाऊ सवले नेपाल धेरै मिठो
मेरो देश मिठो, हिमालय  मिठो नेपाल जम्मै मिठो

Tanka Subedi reciting his New Year poem.