Thu. Jul 4th, 2024
Thursdays are Poems by Tanka Subedi.

धेरै वर्ष पछी वल्ल परीवार संगोलमा

यात्रामा निस्कियौं हामी आज अर्कै भूगोलमा

यसै सन्धर्वमा लायौं नाएग्रा फल्स को कसी

यस्तो आनन्दको वेला आऊदैन अघि पछी

(१)

क्यानाडा पारी देखिन्छ अमेरीका यता ठूलो

विचमा स्वर्ण गंगाछ कतै छैन हिलो धूलो

छहरा , पहरा वाट झरेका छन् दुवै तिर

यिनै निर्मल छागाको संगालो छ अघिल्तिर

(२)

फलामे छती यस्को छ भत्कदैन खरो छ यो

खियर पनि जादैन लत्कदैन दरो छ यो

तालकै छालमा खेल्छन् छहराका छिटा हरु

मान्छे यहीं घुमेका छन् , हुमेका छन् सुरो , चरु

(३)

सेता वादल जस्ता छन् पानीका फोहरा दरा

गंगाको छाल उर्लेर वनेका छन् गरा , गरा

हामी त्यै जल धारामा नुहायर सरे पछी

खुट्किला उक्लियौं धेरै नौका वाट झरे पछी

(४)

क्यानाडा तिरको छागा एकसय सतसट्ठी यो

फिटमा खुव अग्लो छ झरेको छ अनन्त यो

छव्विस सय फिट चाक्लो छ , वाक्लो छ पानीको तह

भिरमा फाल हालेर झरेको महै , मह

(५)

यता अमेरीका तर्फ नाएग्रा फल्स गर्छ यो

एक सय छेहत्तर फिट ऊचाई भित्र पर्छ यो

चक्लाइ तिर देखिन्छ एकहजार सठी फिट र

खुवै सुन्दर देखिन्छन् घाम , जून वर वर

(६)

दोस्रो अमेरिकी छागा ऊचाइ वाट उचाइ वाट झर्झर

पैंतालिस फिट अग्लो छ झरेको छ निरन्तर

तिन हजार नौसय र पचास फिट क्षत्रमा

फैलिदै फाल हालेर झरेको छ अनन्तमा

(७)

मान्छेको भिड देखिन्छ वारी , पारी रसा कसी

गंगाको पुल भेटिन्छ नौका मथी वसी , वसी

जलधारा झनै राम्रो छागाको अन्त अन्तमा

वास्नादार वुकी हास्यो फूले फूल वसन्तमा

(८)

देखियो नायग्रा फल्स जोखियो मनको तुलो

एने एड्सन टायलर सैद्धान्तिक वने ठूलो

खोलियो देशको दैलो नायग्रा नदी तानियो

नया फिल्टरले माटो , ढुंगा , गेगर छानियो

(९)

नायग्रा मुल गंगाहो वहेको छ वहन्छ यो

कैल्यै मेटेर मेटिन्न कल्प , कल्प रहन्छ यो

सदा निर्मल देखिन्छ , देखिन्छ वृत्त चित्रमा

इतिहास भित्र लेखिन्छ , देखिन्छ मान चित्रमा

(१०)

जो जो अमेरिका छिर्छ नायग्रा फल्स पुग्दछ

सौंन्दर्य मुग्धभै मान्छे श्रद्धाले शिर झुक्दछ

यो हो कृतिम छागा यो राष्ट्रकै वरदान हो

मान्छे संसार फेर्दै छन् व्यूंझ हे नौजवान हो

। १० । ०३ । २०७३ ।