Fri. Nov 15th, 2024

टंक सुवेदी

सिकागो पुग्नका लागि वायुयान अजंगको

उभियो र छिर्यौं हांमी झोला वोकी उमंगको

हेर्दा वाहिरको दृश्य झ्यालवाट घमाइलो

जहाज भित्र मान्छेको भिड भाड रमाइलो

(१)

तल सागर संलो छ माथि आकाशको निलो

विचमा खुव देखिन्छ हरियाली हिलो धूलो

सिंगो संसार नाघेर सिकागो आइयो अरे

रूक्यो जहाजको वेग आगन्तुक हरू झरे

(२)

सिकागो खुव देखिन्छ दोहा भन्दा ठूलो ठूलो

जता हेर्यो उतै राम्रो कतै छैन हिलो धूलो

न यसको शिर भेटिन्छ , न त यसको पुछार छ

लमतन्न परेको छ देख्दैमा होन हार छ

(३)

भवन यसको अनौठो छ चोटा , कोठा , तलैतला

कता बाट कता जानें हेर्नु पर्छ पला पला

हामी यै भित्र छिर्दैछौं पता छैन कता कता

पछि पछि हिडेका छौं अरू जान्छन् जता जता

(४)

यता टिकट हेरिन्छ उता झोला फुकाउॅंछ

खाने चिज भए झिक्छ आंफैं राख्छ लुकाउॅंछ

सवै थोक मिलाएर हेर्दै आंयौं पला पला

भेटियो काखको छोरा हर्षले जोडियो गला

(५)

धेरै वर्ष वितेका छन् वाना पत्र मिलाउॅंदा

वल्ल भेट हुंदा आज सुख दुख मिसाउॅंदा

सिकागो भित्र भित्रैका नौला ठाउॅं घुमे पछि

आं आंफ्ना मनका झोला खोल्न थाल्यौं वसीवसी

(६)

धेरै वेर कुरा गर्दै छोरा संग रमाउॅंदै

घरै जान हिड्यौं हामी मुल वाटो समाउॅंदै

जता हेर्यो उतै राम्रो हरियाली सफा सफा

चिरिच्यांट्ट परेका छन् अमेरिकी दफा दफा

(७)

नौला दृस्स समेट्दै र हेर्दै , घुम्दै यता उता

पुगियो घरमा सोझै भेटियो वाल वालिका

खाना पिना संगै खांयौं वहाइ स्नेहको रस

रसकै रासमा पर्दा यो संसार भयो वस

१६ अप्रिल २०२४ ।